भानुभक्त मावि प्युठानको अध्यक्षमा जिवलाल खत्री निर्विरोध चयन

माधव खनाल,
सुपादेउराली अनलाइन  प्युठान ।
प्युठानको भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जिवलाल खत्री चयन हुनुभएको छ । सोमबार भएको अभिभावक भेलाले खत्रीलाई निर्विराेध अध्यक्ष चयन गरेको हो ।

कुल पाँच सय १४ अभिभावक रहेको विद्यालयमा ४ सय ११ जना अभिभावकको उपस्थितिबाट खत्री निर्विरोध रूपमा निर्वाचित हुनुभएको हो । अध्यक्ष खत्रीले आफूलाई निर्विरोध रूपमा निर्वाचित गरेकोमा अभिभावक र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई धन्यवाद समेत दिनुभएको छ ।

अभिभावक भेलालाई सम्बोधन गर्दै मल्लरानी गाउँपालिका शिक्षाशाखा प्रमुख बासुदेव पण्डितले विद्यालय शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनको निमित्त शिक्षक र विद्यालय ब्यबस्थापन समितिको मुख्य भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक चक्रपाणी पौडेल, मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो।

यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा गङ्गाराम पौडेललाई निर्विरोध रूपमा निर्वाचित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार