बिरामिको सेवामा फड्को मार्दै अर्घाखाँची जिल्ला अस्पताल

सुर्य भुसाल,
चैत्र ३ सुपादेउराली अनलाइन अर्घाखाँची ।
जिल्ला अस्पताल अर्घाखाँचीमा ले मुहार फेरेको छ विभिन्न कुराले टिकाटिप्णि हुने अस्पताल यतिबेला सुधार बिस्तारले भाईरल र चर्चा को सिखरमा पुग्न सफल भएको बिरामी हरु स्थानीय बासिहरु बताउछन । बिरामीको लागि सामान्य आइसियू सेवा पनि नभएको अस्पतालमा आइसियु सेवा विस्तारका लागि भबन निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ भबन बनेसगै सुबिधा सम्पन्न आईसियु जडान हुने छ । ।यस अघि आइसियु सेवा नहुँदा गम्भीर प्रकार बिरामी लाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने जोखिम निकै थियोे । ३२ वर्ष अघि जिल्ला सदरमुकाममा संचालनमा आएको अस्पतालमा आइसियू सेवा का लागि ४३ लाखमा निर्माण कार्य सुरुभएको जिल्ला अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । अस्पताल सुबिधा सम्पन्न हुन लागेको समचार देखेपछि यहाँ का नागरिकमा खुशी ले हर्सित भएका छन नागरिक हरु भन्छन अस्पतालमा धेरै सुधार भयो बिरामिले राम्रो सेवा पाएका छन यसका लागि अस्पताल बिकास समितिका अध्यक्ष नगरप्रमुख कमल प्रसाद भुसाल र जिल्ला अस्पताल का प्रमुख डाक्टर कपिल गौतम धन्यवाद का पात्र हुन । पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परिक्षण सुरू, डेन्टल सेवा , थाइराइट मेसिन जडान,फिजियो थेरापी लगायतका सेवा ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भबति महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो ।
१५ शैया बाट बिरामी लाइ सेवा दिदै आएको अस्पतालले अप्रेसन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल ,पाल्पा ,काठमाडौ जानुपर्ने बाध्यत लाइ अत्य गर्नको लागि अस्पताल बाट थप सेवा विस्तार सँगै भौतिक सेवा पनि विस्तार गदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको अस्पताल का प्रमुख डाक्टर कपिल गौतमले जिकिर गर्नु भयो ।
अस्पतालले चमेनागृह स्थापना ,लाइट नहुदाँ विभिन्न सेवा अवरुद्व हुदै आएको अस्पताले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने १५ शैया को अस्पताल लाइ ५० शैयामा परिणत गर्ने काम का लागि भबन र जनसक्तिको खाचो छ । बिरामी हरु भुईमा राखेर उपचार गर्न अस्पताल का डाक्टर हरु बाध्य छन बिश्व मा असर पारेको कोरोना रोग नियन्त्रण का लागि अर्घाखाँची अस्पताल का प्रमुख डाक्टर कपिल गौतम सहितका डाक्टर कर्मचारी हरु दिनरात खटेर काम गरेको भन्दै उनिहरुको सबै ले प्रशम्सा गरेका छन अस्पताल मा दन्त सेवा नाककान घाँटी रोग उपचार सेवा ईमर्जेन्सी सेवा अोपिडि सेवा चौबीसै घन्टा ल्याब भिडियो एक्सरे सेवा सुचारु छन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार