
तिलकराम बन्जाडे।
जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-१ पिपलनेटामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
‘सबैका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ पिपलनेटा बजार व्यवस्थापन समितीको आयोजनामा यहि मिति २०७७ साल चैत्र १३, १४ र १५ गते उक्त प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष राम बहादुर नेपालीले जानकारी दिनुभएको छ ।
जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,०००/- (एकाउन्न हजार ), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश: ३१,०००/-(एकतिस हजार) र २१,०००/- (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसका अतिरिक्त देहायबमोजिमका पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिको प्रपोजलमा उल्लेख छ :
उत्कृष्ट अनुशासित खेलाडी पुरस्कार – ३,५००/-
उत्कृष्ट खेलाडी पुरस्कार – ३,५००/-
उत्कृष्ट पत्रकार सम्मान – ३,५००/-
आयोजकले खेलाडी टिमहरूलाई यहि चैत्र १० गतेदेखि १३ गते बिहान ११:०० बजे सम्म निम्न मोबाइल नम्बरमा सम्पर्क गरी फोनबाटै अग्रिम टिम दर्ता गर्न समेत आह्वान गरेको छ ।
सम्पर्क मोबाइल नम्बरहरू : ९८४७४१२१९७, ९८४४९१७७०६, ९८६७५२९९२९, ९८१६४८९३०६ र ९८६७२३२६४५
यस आयोजनाले नेपालका कुना-कुनामा खेल क्षेत्रका संभावना प्रचुर हुँदाहुदै पनि विविध समस्याका कारण ती क्षमता तथा संभावनाहरू प्रष्फुटन हुन नसकिरहेको अवस्थामा खेलप्रेमी खेलाडीहरू तथा सरोकारवालाहरुको लागि उदाहरणीय बन्दै सामाजिक तथा स्वास्थ्य जगतमा राष्ट्रिय खेलको महत्व दर्शाउँने एवम समाज र राष्ट्रलाई एकताबद्द गराउने उद्देश्य लिएको छ ।