भलिबल खेलका चर्चित राष्ट्रिय रेफ्रि गुरुङ र गाउले ढाकावाङ्गको प्रतियोगितामा आउदै

टेकराज भुसाल
सुपादेउराली अनलाइन । भलिबल खेलका राष्ट्रिय रेफ्रि चित्रा गुरुङ र खुम गाउले अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाको विशेष पहलमा अर्घाखाँचीकाे ढाकावाङ्गमा आउने भएका छन्।

पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा यहि चैत १३ देखि १५ गतेसम्म भुमिकास्थान नगरपालिकाको १ र २ नम्बर वडाको पिपलनेटामा हुने खुल्ला भलिबल प्रतियोगिता लाई सभ्य, अनुशासित एवम् विवाद रहित बनाउनका लागि राष्ट्रिय रेफ्रि गुरुङ र गाउले ढाकावाङ्ग आउन लागेकाे आयोजकले जनाएको छ।

जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको  सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,०००/- (एकाउन्न हजार ), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश: ३१,०००/-(एकतिस हजार) र २१,०००/- (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको  व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार