ढाकावाङ्गको भलिबल खेललाई खेलकुद महासंघका अध्यक्ष थापा र नगर प्रमुख थापाले उद्घाटन गर्ने

टेकराज भुसाल
चैत ११ सुपादेउराली अनलाइन अर्घाखाँची ।
चैत १३ गते भुमिकास्थानकाे ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको खुल्ला भलिबल प्रतियोगितालाई अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा र भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।

चैत १३,१४ र १५ गते हुने उक्त प्रतियोगितालाई सभ्य, अनुशासित एवम् विवाद रहित बनाउनका लागि राष्ट्रिय रेफ्रि चित्रा गुरुङ र खुम गाउले ढाकावाङ्ग आउन लागेकाे समेत आयोजकले जनाएको छ।

जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको  सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,०००/- (एकाउन्न हजार ), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश: ३१,०००/-(एकतिस हजार) र २१,०००/- (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको  व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार