ढाकाबाङ्गको पिपलनेटामा भोलीदेखी हुने खुल्ला भलिबल प्रतियोगिताको तयारी पुरा

टेकराज भुसाल
चैत १२ अर्घाखाँची । भुमिकास्थानको ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा चैत १३ देखी सुरु हुने खुल्ला भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । भलिबल खेलका बारे जानकारी दिने उद्धेश्यले बिहिवार आयोजना गरीएको पत्रकार सम्मेलनमा आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

कार्यक्रममा मन्त्वय राख्दै पिपलनेटा बजार व्यवस्थापन समिति खेलकुद बिभागका सदस्य बिष्णु शर्माले खेलको सबै तयारी पुरा भएको बताउनु भयो । शर्माले कोभिड १९ संक्रमणको अबस्थालाई मध्यनजरगर्दे पुर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरीने बताए । खेलको भुमिकास्थान नगरप्रमुख रेशम थापा र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्बी थापाले संयुक्त रुपमा उद्घाटन गर्ने शर्माले बताए ।
खेलकुद बिभागका सदस्य टेकराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्बी थापा,पत्रकार गणेश खनाल,राष्ट्रिय रेफ्री खुम गाउँले लगायतले शुभकामना मनतब्य राखेका थिए ।

जिल्ला भित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले रू. ५१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश : ३१ हजार र २१ हजार नगद सहित शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार