बन्दै गरेको रंगशाला ,धुर्मुसको पपुलारिटिको महत्वाकांक्षा र कृषि बिश्वबिधालय (अनुसन्धान केन्द्र ) प्रश्न?……….

कृषि क्याम्पस बाहेक मुलुकका ठुला त्रिभुवन बिश्वबिधालय लगाएका अन्य विश्वबिधालय समेतको ब्याबस्थापन हुन नसकेको कुरा सत्य हो।मुलकको बिकास र समृद्धिका लागि कृषि बिश्वबिधालय (अनुसन्धान केन्द्र) र यसका राष्ट्रिय शाखा बिस्तार हुनु तत्कालीन अवस्यकता थियो।देशको राष्ट्रिय उत्पादन र दीर्घकालीन आत्मनिर्भरताको सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोहको चलखेल हाबि छ।भारतको मुख्य बजार नेपाल हो ब्यापारिक र राजनैतिक हिसाबले भारतले नेपाल आत्मनिर्भर भएको देख्नै चाहदैन।राष्ट्रिय राजनीतिमा भारतीय नाङ्गो हस्तक्षेप छ र अन्य मुलुकहरुको पनि छ।त्यसकारण रंगशाला बन्नै हुदैन धुर्मुसले अपराध नै गरे भनेर केही धुन्दुकारिले खोकिरहेका छ्न यो सरासर गलत छ।अहिले जति पनि बिरोधमा उत्रिनएका छ्न उनीहरु खालि पपुलारिटी र स्टण्डका लागि मात्रै उफ्रिएका हुन।धुर्मुश एउटा प्रयोग गरिएका पात्र हुन उनलाई अहिले उनको पपुलारिटिको महत्वाकांक्षाले अप्ठ्यारो स्थितिमा उभ्याएको छ।यहि असहज परिस्थितिलाई समातेर केहिले ब्याख्या उपब्याख्या गरिरहेका रहेका छ्न।
सरकार र शिक्षा मन्त्रालय मुलुकको शिक्षा, बिकास बिज्ञान र प्रबिधिको थोप्पो हिस्सा लिन चाहदैन। विद्यार्थी संगठन राजनीतिक दल र दलका गुटका मतियार मात्रै छ्न। कृषि ,प्रबिधि,अनुसन्धान र उत्पादनशिल जनशक्ति उत्पादनबारे कत्तिपनी ज्ञान नभएका बिश्वबिधालय बाहिर बसेर बिना ज्ञान ,तथ्य ,एजेन्डा र नीति बिना अराजकता र लहडमा कुदिरहेकाहरुले विद्यार्थी आन्दोलनको बागडोर सम्हालेका छ्न भने केही पपुलारिटी र स्टण्डका लागि अरुभन्दा फरक देखिकैलागि बोल्नेगरेका छ्न।हाम्रालागि यो बिडम्बनाको विषय हो।
कृषि अनुसन्धान केन्द्रको जग्गा मासिएको सवालमा तारा बरालले निरन्तर सुरुदेखि नै स्पष्ट प्रमाण सहित बिरोध जनाउदै आएकी छ्न।उनी आफ्नो विषयमा प्रष्ट संग अडिएर बोलिरहेकी छ्न तर एक्लै छ्न।कृषि बिश्वबिधालय का पदाधिकारीहरुले राजनैतिक प्रभाबमा खुलेर बिरोध गरेका छैनन लाग्छ भि सि लगाएको पनि अनुसन्धान केन्द्र मास्नमा संलग्नता छ भन्ने अनुमान गर्न सकिन्छ।यो मुलुकको शिक्षा क्षेत्रमा सबैभन्दा अराजकता हो।
देशका राष्ट्रिय गौरबका आयोजना खासगरी सरकारले बनाउनु पर्छ।अन्तर्राष्ट्रिय स्टेडियम बनाउने कुरा सामान्य टेलि सिरियलको कलाकारले मागेर बनाउन आटनु सामान्य विषयबस्तु थिएन। कृषि बिश्वबिधालय मास्ने योजनाकारहरु र धुर्मुसको पपुलारिटिको महत्वाकांक्षाले यो हालत निम्तिएको छ।धुर्मुस देश दौडहमा छ्न देशभर गाँस, बाँस, कपास, शिक्षा ,स्वास्थ र आधारभुत समस्या संग लडिरहेका जनताले उनलाई सहयोग गर्नसक्ने अबस्था रहदैन। राष्ट्रिय पुजीवादीहरुको सहयोग र राज्यको लगानीमा निरन्तरता दिन सकिने एउटामात्रै विकल्प अगाडी देखिएको छ।अथवा सरकार लाई हस्तान्तरण गरेर उम्कनु पनि अन्तिम विकल्प हुनसक्छ।तर मुलकमा बन्दैगरेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु अपराध हो भनेर करार गर्न मिल्दैन।
कृषि बिश्वबिधालय ( अनुसन्धान केन्द्रको ) सन्दर्भमा राज्यले चितवनको रामापुरमा मात्रै होइन देशभरका विभिन्न क्षेत्रमा कृषि पकेट क्षेत्र बनाएर अनुसन्धान केन्द्रहरुका लागि जग्गा दिने मात्रै होइन अनुसन्धान केन्द्रहरु नै निमार्ण गर्न जरुरी छ।यसका लागि देशको कृषि क्षेत्र मार्फत आत्मनिर्भर मुलुक बनाउने राष्ट्रप्रेमी युवा विद्यार्थीहरुले यसका पक्षमा आवाज बुलन्द गर्ने उपयुक्त समय आएको छ।सबै तह बाट यसका लागि आवाज उठाउनु आजको अवस्यकता हो।
पुरन पोख्रेल
केन्द्रीय सदस्य अनेरास्ववियु ( छैठौं )

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार