ढाकावाङ्गको पिपलनेटामा भएको खुल्ला भलिबल प्रतियोगिता जारी

टेकराज भुसाल
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको पिपलनेटा प्रथम खुल्ला भलिबल प्रतियोगितामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ अर्घाखाँचीकाे टिमले विजय सुरुवात गरेको छ ।

आयोजक पिपलनेटा बजार व्यवस्थापन समितिको टिमलाई २-१ सेटले हराएको हो ।

त्यस्तै आयोजनक बि टिमलाई फलामखिल्लीले २-० काे साेझाे सेटमा, सनपा-१२ ले असुरकाेट युवा सञ्जाललाई २-० काे साेझाे सेटमा, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघले न्यु ढाकावाङ्ग फर्निचरलाई २-० काे साेझाे सेटमा, नमुना युवा क्लब भुनपा-३ ले फलामखिल्लीले २-० काे साेझाे सेटमा, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई अखिल नेपाल खेलकुद महासंघले २-१ काे सेटमा, नमुना युवा क्लब भुनपा-३ ले ठुलाखर्क युवा क्लबलाई २-० काे साेझाे सेटमा, असुरकाेट ए ले असुरकाेट बि लाई २-० काे साेझाे सेटमा, पाणिनी स्पाेट्स एकेडेमीलाई आयोजक ए ले २-१ काे सेटमा र सनपा लाई जिल्ला प्रहरी कार्यालयले २-० काे साेझाे सेटमा हराएका छन्।

१८ वटा टिमकाे सहभागीता रहेको उक्त प्रतियोगिता चैत १३ गते अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष पृथ्वी थापाले उद्घाटन गर्नुभएको थियाे।

चैत १५ गते आइतबार सम्पन्न हुने उक्त प्रतियोगितामा विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले २१ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी तथा अनुशासन खेलाडीले समान ३ हजार ५ सय पाउनेछन् ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार