
टेकराज भुसाल
चैत्र १५, अर्घाखाँची। भुमिकास्थानको ढाकावाङ्गमा सम्पन्न प्रथम पिपलनेटा भलिबल प्रतियोगिताको उपाधि अखिल नेपाल खेलकुद महासंघले हात पारेको छ। सन्धिखर्क १२ काे टिमलाई ३-१ सेटमा हराउदै खेलकुद महासंघले उपाधि हात पारेकाे हाे।
उपाधी सँगै खेलकुद महासंघले नगद रु ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ। उपविजेता सनपा-१२ ले नगद रु ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा र तृतीय आयोजक पिपलनेटा बजार व्यवस्थापन समितिले नगद रु २१ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।