
बुटवल, चैत्र २३ । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही शाखाले आफ्ना सदस्यहरुलाई आफ्नो प्यानलमा मतदान गर्न निर्देशन दिएको छ ।
सोमबार संघको जिल्ला कार्यसमितिको बैठकले सवै महासंघमा आवद्ध सदस्य पत्रकारहरुले गठवन्धनमा दृढता पूर्वक मतदान गर्ने निर्णय सहित निर्देशन दिएको हो । संघका रुपन्देही सचिव देवीराम बन्जाडेले एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक प्रगतिशील प्यानलमा अनिवार्य मतादान गर्न निर्देशन दिएका छन् ।
‘यही चैत्र २५ गते हुने निर्वाचनमा रुपन्देहीमा रहेका हाम्रो संगठनका सम्पूर्ण महासंघमा आवद्ध सदस्यहरुलाई अनिवार्य मतदान गर्न निर्देश गरिन्छ । सोमवार जारी विज्ञप्तीमा भनिएको छ,‘सम्पूर्ण पत्रकार साथिहरुलाई सोही अनुरुप गर्नुहुन आग्रह गर्दछौँ ।’