
टेकराज भुसाल
चैत २६ बुटवल । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्र बहादुर केसी चयन हुनुभएको छ।
गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयताको खारेज गरौं, भ्रष्टाचारका बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ चैत २४ गतेदेखि २६ गतेसम्म बुटवलमा भएको चाैथाे राष्ट्रिय सम्मेलनले चित्र बहादुर केसीको अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नया नेतृत्वलाई चयन गरेको छ।
जसको कार्यकारी अध्यक्षमा रेश्मिराज नेपाल, उपाध्यक्षमा दुर्गा पाैडेल र जनकराज शर्मा, महासचिवमा मनाेज भट्ट, सचिव हिमलाल पुरी, काेषाध्यक्षमा मधु क्षेत्रीलाई चयन गरेको छ।
त्यस्तै सम्मेलनले बद्रे आलम, अमर थापा, लाेकेन्द लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी देवजंग शाहि, माेहनमणि ढकाल, माेमिना खातुन, राम बहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेकाे छ।