
चैत ३० सुपादेउराली अनलाइन अर्घाखाँची।
अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ मा जन्मिएका उदय भट्टराई यतिबेला हरेक सामाजिक कामहरुमा सक्रिय हुदै गाउमा सेवा गर्न सुरु गरेको स्थानीयले बताउछन । सन्धिखर्क स्थित वाङलामा जन्मिएका युवा ब्यबसायी उदय भट्टराई काठमाडौं मा विभिन्न सेवा मुलक सघ सस्थाहरु सन्चालन गर्दै सामाजिक क्षेत्र अन्तरगत का विभिन्न कामहरु गर्ने अप्ठ्यारोमा परेकाहरु लाई सेवा गर्ने जस्ता कामहरुमा निकै सक्रिय हुदै आएको उनका शुभेच्छुक हरु बताउछन । भट्टराई अहिले काठमाडौं भन्दा अर्घाखाँची को वाङलालाई धेरै समय दिने त्याहको बिकास निर्माण मा चासो राख्ने गरेका छन । सन्धिखर्क वार्ड नम्बर ४ को वाङला स्वास्थ्य चौकि निर्माण का लागि लाखौं रुपैयाँ पर्ने जग्गा जिल्ला अस्पताल लाई दिएका भट्टराई सामाजिक काम गर्न सक्रिय देखिएपछि स्थानिय बासिहरु ले प्रशम्सा गर्ने गर्छन । भट्टराई परिवारले दिएको निशुल्क जग्गामा जिल्ला अस्पताल अर्घाखाँची ले भबन निमार्ण गरि वार्ड बासिलाई स्वास्थ्य सेवा दिई रहेको छ । सानै उमेर बाट सामाजिक तथा सेवामुलक ब्यबसाय सुरु गरेका भट्टराई ले अहिले नेपाल ट्रेड एण्ड ईन्जिनियरिङ प्रा.लिस्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रा.लि,सनराईज आई.टि सोलुसन प्रा लि.अलाना ईन्टरनेश्नल सर्बिसेस प्रा लि,आभाष एग्रो कन्सल्टेन्सि प्रा लि,रिक-रोज मिडिया एण्ड एड्भरटाईजिङ प्रा लि रियल ड्रिम्स ईन्टरनेश्नल ईन्जिनियरिङ प्रा लि गरि सातवटा कम्पनी को प्रमुख कार्यकारी बनेर सेवा मुलक कामहरु देशका धेरै ठाउहरुमा गरिरहेका छन ।