बुटवलमा ३ जना कोरोना संक्रमितको मृत्यु

चैत ३० बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् ।

तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ : २७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ : ५० बजे मृत्यु भएका प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा. गौतमले बताए ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ : १४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए।

 

 

#अनलाइन_खवर

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार