
चैत ३० बुटवल। शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको छ । गतसाता सुदुरपश्चचिमका विभिन्न स्थानको शैक्षिक भ्रमण गरि फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए ।खनालले भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रवारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए ।विद्यालयबाट प्रधानाध्यापक सहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि सुदुरपश्चिम गएका थिए । तिमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आईसोलेसनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।