
चैत ३१ अर्घाखाँची । अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले मुलुकमा वैज्ञानिक र व्यबहारिक शिक्षा लागु नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । पूंजीवादको चरम मलजल गर्ने अहिलेको शिक्षाले देश र आम जनताको हित गर्न नसक्ने उहाँको दाबी छ ।
अखिल छैठौं अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलनको तयारी स्वरुप आज ढाकावाङ्गको विश्व मा.वि.मा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो ।
यस्तै कार्यक्रमका अर्का वक्ता अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराईले पश्चिमा संस्कृती र प्रबिधिको विकृत प्रयोगले नेपालका युवा विद्याथीलार्ई कुलतमा फस्न उद्धत बनाएको बताउनुभएको छ । सामाजिक विकासका प्रमुख प्रज्वलकको रुपमा परिचित हुनुपर्ने विद्यार्थिको आनीबानी गलत भएमा समाजपनि विकृत बन्ने आशंका व्यक्त गर्दै सचिव भट्टराईले अखिल छैठौंले जहिलेपनि अनुसासनको बिषय सिकाउँदै हिडेको उल्लेख गर्नुभएको छ ।
अखिल छैठौंका स्थानिय नेता बिशाल खनालको अध्यक्षता र अखिल (छैठौं) का नेता टेकराज भुसालको संचालनमा सम्पन्न भेलाले क्षितिज परियारको अध्यक्षतामा ८१ सदस्यिय विश्व मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । नवगठित मुल इकाइ समितिको उपाध्यक्षमा सुनिता खनाल,सचिव प्रशंसा खनाल,सह–सचिव मनिसा खनाल र कोषाध्यक्षमा मदन भुसाल चयन हुनुभएको छ । यस्तै भेलाले सुभाष खनाल संयोजक रहेको ५ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको बताइएको छ । अखिल छैठौं अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलन आउँदो जेठ १ र २ गते सन्धिखर्कमा गर्ने ठेगान गरेको आयोजकले जनाएको छ ।