शिक्षित मान्छेमा कुलतको प्रतिफल

– कुलचन्द्र शर्मा
एउटा सानो गाँउमा एउटा सानो परिवार खुसीका साथ बसोबास गर्थे । त्यस परिवारका बाआमाले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र संस्कार दिएका थिए । परिवारको आर्थिक समस्या देखी लिएर अन्य सबै समस्याहरु नहिच्किचाई आफ्ना छोराछोरी लाई भन्ने गर्थ्य । त्यसैले छोराछोरी ले आफ्नो बाआमा ले भोगेका दुःख कष्ट को बारेमा राम्रो जानकार नै थिए ।

बाबा शिक्षित थिए तर आमा सामन्य लेखपढ गर्न सक्ने । बाबा सामाजिक व्यक्तित्व थिए , उनी धेरै सालिन र भद्र स्वाभका थिए । त्यसै कारणले उनलाई समाजमा राम्रो इज्जत मिल्थ्यो ।समाजमा सबैले आफ्नो बा को इज्जत गरेको देखेर छोराछोरी ले आफ्नो बाबा प्रति धेरै नै गर्व गर्थे । आमा ।ले सामान्य लेखपढ गर्न मात्रै सक्थिन तर पनि छोराछोरीको आवश्यकता , दिने संस्कार र परिवारलाई व्यवस्थिति तरिकाले संचालन गर्नको लागी उनले आफ्ना इच्छाआंकक्षा सबै त्याग गरेकी थिन । बाबा समाजसेवी भएकाले घरमा भन्दा बढी समय समाजमा नै खर्चिनु पर्ने हुन्थ्यो । उनले परिवार लाई भन्दा धेरै समय समाजका लागी खर्च गरिराको कुरा सहर्ष स्वीकार गर्थ्य, उनको यहि व्यवहारले गर्दा उनकी श्रीमतीले उनलाई कहिल्यै केही भनिनन ।

केही समयको अन्तराल पछि एकाएक सानो खुसी परिवारमा एउटा ठुलै बज्रपात पर्यो , त्यो बज्रपात को नाम कुलत (मद्यपान) हो । उनले मध्यपान गर्न सुरु गरेका थिए, सुरु सुरु मा त कसैले केही भनेनन । उनले मद्यपान गरेर हिड्दा पनि समाजमा उनको इज्जत कायम नै थियो । उनले धेरै मद्यपान गर्न थाले पछि छोराछोरी र उनको श्रीमतीले उनलाई यसो नगर्न भन्दा उनी छोराछोरी र आफ्नी श्रीमती माथि जाइलाग्न गर्थे । अशिक्षित जड्याहरु त गजब कै हुन्छ्न तर शिक्षित जड्याहरु परिवारका लागी बोझ नै हुन । परिवार को कुरा बाहिर लानु हुन्न भन्ने संस्कार बाट हुर्कियका छोराछोरी ले यि कुराहरु मन मै दबाइ राखे । कुलतमा फसेको देखेर छोराले सम्झाउन खोज्दा छोरामाथि मै जाइलाग्ने, त्ँ जस्ता हजारौँ मान्छेलाई चलाउन गर्छु तैले सिकाउन पर्दैन भन्दै जङ्गिने काम गर्थे । तर पनि उनलाई समाजमा कसैले गलत भन्ने हिम्मत गर्दैनथ्य किनकि उनले गर्ने न्याय निष्पक्ष हुन्थ्यो र उनले धेरै दुःख गरेर का थिए आफ्नो जिवनमा त्यसैले सबै विश्वस्त हुन्थ्य उनी प्रति ।
तिनको कुलतले समाजमा असर केही पारेन तर परिवारमा ठुलै असर परेको थियो । तिनी कुलतमा फसे पनि समाजमा उनको राम्रो इज्जत गरेको देखेर छोरोले सोच्न थाल्यो , बाबा कुलतमा भए पनि उहाँलाई सबैले इज्जत गरेको देखे पछि उसले मद्यपान भन्ने चिज वास्तवमा गलत रैनछ भन्ने तिर आफ्नो ध्यान केन्दृत गर्यो । उसले पनि मद्यपान लाई चाख्ने विचार गर्यो र उसले मद्यपान गर्न थाल्यो । उसले चाख्ने मनसाय ले सुरु गरेको थियो तर उ चाख्ने सिमा नाघेर पुरै alcoholic भैसकेको थियो । जब उसलाई उसको बाबाले मद्यपान नगर्न भनेर सल्लाह दिन खोज्दा उसले ठाडै तपाईले पनि त मद्यपान गर्नु हुन्छ , तपाईले गर्न हुने मैले गर्न नहुने भनेर जवाफ फर्काइदियो । अब उसलाई न त उसका बाबाले न त आमाले कसैले पनि सम्झाउन सक्ने अवस्था रहेन । दिन बित्तै गयो उ alcoholic मात्रै नभएर drug पनि प्रयोग गर्ने भैसकेको थियो । उनले आफु कुलतमा भएर पनि आफ्नो इज्जतमा कुनै दाग लाग्न दिएका थिएनन तर छोरोले उनको इज्जत मा ठुलै दाग लगाइदियो । समाजमा मानिसहरुले तिनलाई आफ्नो छोरालाई सम्झना नसक्नेले भनेर कुरा काट्न थालिसकेका थिए ।

त्यत्रो इज्जत हासिल गरेका उनी अहिले समाजमा छोराका कारण आफ्नो सबै इज्जत गुमाए । छोरो धेरै नै alcoholic भएपछि , उसको अल्पायु मै मृत्यु भयो , त्यसको प्रत्यक्ष असर उसको आमालाई भयो ,उनी depressions मा पुगिन । उनले आफ्नो गल्ती महसुस गर्न नपाउदैन ,त्यति खुसियाल परिवार कुलतका कारण लथालिङ्ग हुन पुग्यो । बाआमाले परिवारको आर्थिक समस्या र अन्य समस्याहरुमा छोराछोरी लाई सहभागिता गराएपछि आफुहरुले कहिल्यै पनि गलत प्रवृतिको support गर्नु हुँदैन भन्ने कुरा सबै बाआमाले बुझ्नै पर्छ । छोराछोरी का लागी आफ्नो बा सधै hero नै हुन्छ्न । त्यसैले बाबु ले त्यस्तो कुनै काम गर्नु हुँदैन जुन काम छोराछोरी ले अंगाल्दा पुरै परिवार नै तबाह होस ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार