अखिल (छैठौं) को सम्मानपछि उर्जामन्त्री रायमाझीले भने : राजनीतिक जन्मघर आएजस्तो लाग्यो

बैशाख १ काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अखिल (छैठौं) को कार्यक्रममा आउँदा आफूलाई राजनीतिक जन्मघरमा आएको अनुभूति भएको बताउनुभएको छ ।

अखिल (छैठौं) ले बुधबार काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा छैठौंका पूर्वअध्यक्षसमेत रहेका रायमाझीले आफू १८-२० वर्षसम्म मसालमै राजनीति गरेको र त्यहीँ धेरै कुरा सिकेको बताउनुभयो । उहाँले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहकै प्रेरणाबाट आफू राजनीतिमा लागेको बताउनुभयो ।

‘मैले अन्य ठाउँमा पनि भन्ने गरेको छु, म नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रेरणाबाट राजनीतिमा लागेँ । जीवनको सबैभन्दा उर्जाशील समय १८-२० वर्ष मसालमै रहेर संघर्ष गरेँ’ रायमाझीले भन्नुभयो, ‘मलाई त राजनीतिक जन्मघरमा आएजस्तो अनुभूति भइरहेको छ ।’

उहाँले एउटै परिवारबाट राजनीतिक यात्रा अगाडि बढाएका नेता कार्यकर्ताहरु एकैठाउँमा नहुनु बिडम्बना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी एकै परिवारका सदस्य हौँ । तर बिडम्बना अहिले हामी एकै ठाउँमा छैनौं । फरक फरक पार्टीमा छौं ।’

मन्त्री रायमाझीले अखिल (छैठौं) ले पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा उपस्थित गराएर सम्मान गरेकोप्रति आफूलाई गर्व लागेको बताउनुभयो ।

 कार्यक्रममा छैठौंका पूर्वअध्यक्षहरु लिलामणी पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, विनबहादुर कुँवर, परी थापा, हिमलाल पुरी, कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना र अनिलकिशोर घिमिरेलाई सम्मान गरिएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार