
# गजल#
अनेक छन् विभेद ,बर्ग संघर्ष चलाउनु पर्छ!
निभेका दियो अब, अधेरामा जलाउनु पर्छ!
भाग्छ भाग्न देउ कति मार्छ बाजि मार्न देउ,
कुदाई कुदाई यस्लाई थकाई गलाउनु पर्छ!
अबिनासि भन्छ आफु बुटि पिएर अायुको ,
अचेत लाई चेतका अब आशा फलाउनु पर्छ!
बनेका हुन लुट मार मै सुनकादरवार साहुका,
बिनासकारि साम्राज्यबाद अब ढलाउनु पर्छ!
रहदैन बर्तमान शासन सर्वाहाराको क्रान्तिले,
जगतमा सर्वाहारा शासन अब फराउनु पर्छ!
मुकुन्द राज रोका