साच्चिकै श्राप दिन्थे र लाग्थ्यो भने नेपालका, आफुलाई कम्युनिस्ट बताउने पार्टीले के गर्थे हाेला?

सुमन भण्डारी (संसार)
आज अप्रिल २२ विश्व कम्युनिस्ट आन्दोलन नायक तथा दार्शनिक लेनिनकाे १५२ आैँ जयन्ती तथा नेपालका कम्युनिष्ट पार्टीको स्थापना दिवस।
मुलत नेपालमा कम्युनिस्ट पार्टि र कम्युनिस्ट आन्दोलन बाट आफ्नाे गतिविधि र सिद्धान्त, कम्युनिस्टको मुल मर्मलाई आत्मसात गर्दै जनबादि क्रान्ति हुँदै समाजवाद पुग्ने लक्ष यहाँका, आफुलाई कम्युनिस्ट पार्टि बताउनेले छाडि सकेका छन्। दक्षिणपन्थी संशोधनवाद, नव संशोधनवाद, उदारवादी हुँदै दलाल पुजीवादी वर्गमा व्यबहारत रुपान्तरण भएका छन। यि नेपालका कम्युनिस्ट पार्टिले हामीहरु नै खास विश्वकै असलि कम्युनिस्ट हाैँ भन्दै कम्युनिस्ट पार्टिकाे झण्डा बाेक्न छाडेका छैन्। एउटा रमाइलो प्रसंग जडाैँ नेपालकाे पुर्वि तराई जिल्ला सप्तरीकाे कंचनपुरमा असली बैज्यनाथ बाजेकाे पेडा पसल भनेर त्याहाँ सयाैं पसलहरु उक्त नामबाट खाेलिएका छन्। नेपालमा पनि असलि कम्युनिस्ट हामी नै हाैँ भन्दै ती खुद्रा पसल जस्तै आफुलाई खास कम्युनिस्ट र प्रगतिशील मजदुरकाे पार्टि भन्न रुचाउने सयाैँ पार्टि छन्।
मुलतः कम्युनिस्ट पार्टि वा गैर कम्युनिस्ट पार्टि हाेस मुख्य त उसकाे सिद्धान्त, बिचार, दृष्टिकोण संग उसकाे व्यबहार र आचारण र तत्कालीन कार्यक्रम र दृर्घकालिन कार्यक्रम मेल खानु पर्छ वा आफ्नाे नीति अनुसार कार्यक्रम तय गर्नु पर्दछ। कम्युनिस्ट पार्टीमा सामुहिक स्वार्थ हुनु पर्दछ मुलभुत रुपमा (गरिब, मजदुर, किसान, विद्यार्थी , युवाकाे) जाेडिएकाे हुनु पर्दछ। यहाँ व्यक्तिकाे स्वार्थ गाैँण हुन्छ पद, सत्ता, शक्ति प्रधान मानिदैन। तर नेपालमा यसकाे ठ्याक्कै उल्टाे छ। सत्ता, शक्ति, पद, र व्यक्तिगत स्वार्थ हावि भएकाे छ। आफ्नाे स्वार्थ अनुकुल जे गर्न पनि नेतृत्व वा नेता कार्यकर्ता तयार छन्। आफ्नाे बिधान सिद्धान्तलाई आफू अनुकूल व्याख्या र प्रयाेग गर्दछन। कम्युनिस्ट पार्टिकाे नेतृत्व वा नेतृत्व वरिपरि पुजीपति, दलाल, ठेकेदार, व्यापारी, सामान्ति चिन्तन भएका व्यक्तिहरुले कब्जा गरेका छन्। अझ रमाइलो कुरा त के छ भने किसान संगठनकाे नेतृत्वमा जग्गा दलालले गर्दछ। आफ्ना छाेरा छारि महङ्गो निजि स्कुलमा पढाउने विद्यार्थी नेतृत्व र शिक्षक संगठनकाे नेतृत्व हुन्छ। मजदुरकाे नेतृत्व ठेकेदारले गर्छ अनि यहाँ कसले किसान र मजदुर बिद्यार्थीकाे स्वार्थका बारेमा साेच्दछ र उनिहरुका लागि काम गर्दछ।
विचौलीया, जग्गा, दलाल, मेनपावर कम्पनी, मानव स्राेतसाधनकाे व्यापार गर्ने हरुले आफुलाई असल क्रान्तिकारी कम्युनिष्ट शक्ति बताउने तर व्यवहारमा व्यक्तिवादि संकिण साेच, आफू पुजीवादी कसरी हुने चिन्ता हुने गरिब किसान मजदुरलाई ठग्ने र घर महल बनाउने मुख्य चिन्ता हुन्छ। जग्गा दलालि गर्नेहरुले समेत आज लेनिनको १५२ औं जन्म जयन्ती मनाउदै छन । त्यसरी लेनिनको जन्म जयन्ती मनाउदा उनिहरुले आफुहरुलाई लेनिनको सच्चा अनुयायी वताउने छन र नयाँ जनवादी क्रान्ति हुँदै समाजवादको लक्ष प्राप्त र संघर्ष बारेमा ठुला ठुला चर्का चर्का भाषण गर्ने छन्। दलालले किसानका बारे बाेल्ने छ। ठेकेदारले मजदुरका बारेमा बाेल्ने छ। जातिय धार्मिक कट्टरपन्थिले विभेद अन्त्यका बारेमा बाेल्ने छ। सिद्धान्त एउटा र व्यवहार अर्को देखाउने नेपालका वहुरुपी रङ्ग देखाउने कम्युनिष्ट र तिनका नेताहरुकाे चर्तीकलाले लेनिनले देखाएको बाटोलाई आत्मसाथ गर्न सक्दैन। मुलत समाजकाे आधारभूत संरचनामा परिवर्तन गर्न बर्ग संघर्षकाे बाटाेमा अगाडि बढ्नु पर्छ। त्यसकाे लागि व्यबहार त कम्युनिस्ट आचरण, व्यबहार र दृष्टिकोण सहति आगाडि बढ्नु पर्छ। सिद्धान्त र व्यबहारमा फरक भयाे भने त्यसले कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने हाेईन अन्त्य तिर लैजान्छ।
साच्चिकै आज लेलिन देखाएकाे मुल बाटाेमा वा केही प्रतिशत अनुसरण गरे पनि कम्युनिस्ट आन्दोलनका लागि महत्त्वपूर्ण हुन्थ्यो जन्मजयन्ती मनाउदै भाषण गरेर नाटक नगरे पनि हुन्थ्यो तर व्यबहारमा नगरे पनि भाषण चाहिँ गर्ने छन। अन्त्यमा काल्पनिक कुरा गराैँ यदि लेलिन , कार्ल माक्र्स, माओले अहिले उनिहरु नाम बेचेर झुट काे खति गर्ने कम्युनिस्ट आन्दोलनकाे बदनाम गर्नेहरुलाई श्राप दिने र लाग्ने भए कम्युनिस्टहरु के गर्थे हाेला….?

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार