अपाङ्गता मैत्री भौतिक संरचना निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न

बैशाख १०, प्युठान
सि.बि.आर. कार्यक्रम अन्तरगत अपांगता मैत्री भौतिक संरचना निर्माण विषयक सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम मल्लरानी गाउँपलिकाको खलंगामा सम्पन्न भएको छ।

नेपाल सरकारले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न नीति तथा निर्देशिका बनाएको भए पनि कार्यनयन हुन नसकेको कार्यपत्रमा उल्लेख गरिएको छ।कार्यपत्र प्रस्तुत गर्दै र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सि ले भौतिक संरचना राम्रो बन्दा अपाङ्गता भएका ब्यक्तिलाई मात्र होइन साङ्ग ब्यक्तिलाई समेत सहज हुने भन्दै अपाङ्गताको सवाल भनेको अपाङ्गताको मात्र नभाइ सबैको साझा सवाल भएकोले सबैको सकारात्मक सहयोग तथा साथ हुनु पर्ने बताउनु भयो। उहाले राज्यले बनाएको नियम राज्यले नै कार्यनयन नगर्दा समस्या भएको उल्लेख गर्नु भएको थियो।

कार्यक्रममा बाेल्दै मल्लरानी गाउपालिका उपाध्यक्ष सरिता जिसि ले सबै संरचनाहरु अपाङ्गता मैत्री बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको भन्दै सबैको सकारात्मक सोच हुनु पर्ने बताउनु भएको थियो। साहेक प्रमुख जिल्ला अधिकरी यज्ञ प्रसाद अर्यालले अपाङताको सवाल हामी सबैको साझा सवाल भएकोले बनेका निति नियमलाई कार्यनयन गर्नमा कार्यालय, संघ सस्था, स्थानीयतह सबैले ध्यान दिनु पर्ने भन्दै यो बिशय गम्भीर भएकोले सबैले आ आफ्नो ठाउँबाट सोच्नु पर्ने बताउनु भयो । साथै उहाले जिल्ला भरी पैरवी र अन्तरकृया गरि सबैको ध्यानाकर्षण गराउन आयोजकलाई आग्रह समेत गर्नु भएको थियो।कार्यक्रममा सरकारी कार्यलयका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, संघ सस्था र अपाङ्गता भएका ब्यक्तिको सहभागीता रहेको थियो।

र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा मल्लरानी गाउँपालिका खलंगामा गरिएको हो।कार्यक्रमको संचालन सि बि आर सहजकर्ता राजेन्द्र रावल क्षत्रिले गर्नु भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार