
काठमाडौं । गण्डकी प्रदेश सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।
सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो हुने गुरुङ सरकारको पक्ष र विपक्षमा आउने मतबारे अनेक टिकाटिप्पणी भई रहेको बेलामा मनाङ ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङले भने राष्ट्रिय जनमोर्चा (राजमो) ले जसको पक्षमा मतदान गर्छ आफूले पनि त्यतै मत दिने बताएका छन्।
‘जनमोर्चाले जता हाल्यो त्यतै हाल्ने भनेर बसेछु के म। जनमोर्चा अलि पक्का लाग्यो के मलाई उनले भने, ‘यिनीहरुको पोलिटिक्स पनि मलाई ठिक लाग्यो। सरकारमा पनि नजाने, समर्थन गर्ने मन्त्रीसन्त्री मागेको छैन, भनेपछि अलि अनेस्ट देखें के मैले, इमानदार देखें। यिनीहरुले जे गर्छ त्यही गर्नुपर्ला अब।’
जनमोर्चा निस्वार्थ रुपमा लागि परेको उनको टिप्पणी छ। ठूला दलको तुलनामा जनमोर्चाले राम्रो काम गरेको उनले बताए।
स्रोत : थाहा खवर