बन्यजन्तु बाट पिडित व्यक्तिहरुलाई राहत स्वरुप चेक हस्तान्तरण

सुर्य भुसाल
बैशाख १३ सुपादेउराली अनलाइन अर्घाखाँची । डिभिजन बन कार्यलय अर्घाखाँची ले बन्यजन्तु हरुबाट पिडित बनेका बिभिन्न ठाउका पिडित ब्यक्तिहरुलाई राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । डिभिजन बन कार्यलय अर्घाखाँची मा कुशल राष्टसेबक डिभिजन बन अधिकृत मोहन प्रसाद श्रेष्ठ हाजिर भएपछि डिभिजन बन बाट दैनिक अनुगमन लाई तिब्र पार्ने चोरि निकासि रोक्ने नियमित गस्ति गर्ने नर्सरी हरु लाई ब्यबस्थित बनाउने जस्ता काम हरुलाई तिब्र पारिएको छ । कार्यलय प्रमुख नै दैनिक फिल्मा खटेर अनुगमन गर्न थालेपछि फिल्डमा रहेका कर्मचारी हरु पनि अनुगमन निरिक्षण मा रातदिन नभनि खटिएका छन बिगतमा चोरि निकासि का गुनासा आउने गर्थे यसपटक कुनै सुनिएको छैन सरोकारवाला को भनाई छ डिभिजन बन कार्यलयले मातहतका सबै सब डिभिजनहरुमा पनि नर्सरी बनाउने काम गरि रहेको छ पहिला पनि सहायक बन अधिकृत को रुपमा अर्घाखाँची मा कामगरेका मोहन प्रसाद श्रेष्ठ बन मन्त्रालय अन्तरगत का कुसल कर्मचारी को रुपमा परिचित छन ।

डिभिजन बन कार्यलय अर्घाखाँची मा बन्यजन्तु बाट पिडित ब्यक्तिहरुलाई राहात बितरण गरिएको बन कार्यलयले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार