
बैशाख १५, प्युठान
सि.बि.आर. कार्यक्रम अन्तरगत अपांगता सम्बन्धि अभिमुखिकरण कार्यक्रम जिल्लाका सरोकारवाला निकाय बिच आज जिल्ला समन्वय समितिको सभाहल खलंगामा आज सम्पन्न भएको छ।नेपाल सरकारले अपाङ्गता भएका ब्यक्तिका लागि विभिन्न नीति नियम तथा कार्यबिधी निर्माण गरिएको भए पनि प्रभावकारी कार्यनयन हुन नसकेको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका थिए। र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह के सि ले कार्यक्रमको सहजीकरण गर्दै सरकारले बनाएको नीति नियम तथा सेवा सुबिधा, अधिकार र वर्तमानमा अपाङ्गताको सवाल सम्बन्धि छलफल भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले अपाङ्ताको सवालमा सबैको साझा धारणा हुनु पर्ने र सेवा सुबिधा सहज गराउन सबैको ध्यान जानू पर्ने भन्दै सबैको सकारात्मक सोच हुनु पर्ने बताउनु भयो। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कार्यालय बाट प्रभाह हुने सेवामा अपाङ्गता भएकालाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भयो। साथै यातायात लगाएत अन्य पाउनु पर्ने सेवाको लागि आफुले छिटो पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सस्थाका संरक्षक कृष्ण खड्काले राज्यले बनाएको नियम राज्यले नै कार्यनयन नगर्दा समस्या भएको उल्लेख गर्दै कार्यनयनमा सबैको ध्यान जानू पर्ने बताउनु भएको थियो। कार्यक्रममा सामाजिक बिकास डिभिजन कार्यलायका प्रमुख बिस्नु प्रसाद भुसालले अपाङ्गता भएका ब्यक्तिको हित र उत्थानका निम्ति आफ्नो कार्यालय प्रतिबद्ध भएको बताउनु भयो। घरेलु तथा सानाउधोग कार्यालयका प्रमुख खेम थापाले आगामी वर्षमा अपाङ्गता भएका ब्यक्तिलाई आय आर्जन, तालिममा सहभागी गराउने तथा समन्वय गर्न तयार रहेको बताउनु भयो। अन्य बोल्ने सहभागीहरुले अपाङताको सवाल हामी सबैको साझा सवाल भएकोले बनेका निति नियमलाई कार्यनयन गर्नमा कार्यालय, संघ सस्था, स्थानीयतह सबैले ध्यान दिनु पर्ने भन्दै यो बिशय गम्भीर भएकोले सबैले आ आफ्नो ठाउँबाट सोच्नु पर्ने सुझाव दिएका थिए।कार्यक्रममा सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि , संघ सस्था,पत्रकार र अपाङ्गता भएका ब्यक्तिको सहभागीता रहेको थियो।र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा कार्यक्रम गरिएको हो।कार्यक्रमको संचालन सि बि आर सहजकर्ता राजेन्द्र रावल क्षत्रिले गर्नु भएको थियो।