
सुमन भण्डारी (संसार)
मुलत क्रान्तिकारीले परिवर्तन खाेज्दछ र खाेज्नु पदर्छ। तर मान्छे क्रान्तिकारी बिचार वा प्रगतिशील साेच बाट आफू च्युत भयाे भने त्यस्ले विभिन्न काण्ड निम्ताउछ। जब मानिस पुजीकरण हुन्छ आफ्नाे व्यक्तिगत स्वार्थमा तल्लिन हुन्छ त्यस पछि आफुले क्रान्तिकारी बिचार बाट बिचलित हुन्छ। व्यक्ति आफ्नाे क्रान्तिकारी बिचार बाट बिचलित हुनुकाे मुख्य कारण हुन्छ आफुले आस्था राखेकाे पार्टि वा संगठनकाे मुख्य राजनैनिक बिचार विश्लेषण उसकाे नितिले मुख्य भुमिका खेल्दछ। जब पार्टी नै पुजीवादिकरण हुन्छ आफ्नाे क्रान्तिकारी बिचार बाट च्युत हुन्छ र बिस्तारै दक्षिणपन्थी बिचार मा प्रवेश गर्दछ। त्यस पछि उनका नेता वा कार्यकर्ता पनि बिस्तारै क्रान्तिकारी बिचार बाट पछाडि हट्दछन् त्याे स्वभाविक प्रकृया हाे। पुजीवादी दलाल संसदीय व्यवस्थामा मान्छेले पुजीकरण हुनु आफ्नाे स्वार्थकरण हुनु त्याे नाैलाे र गम्भीर बिषय हाेईन त्याे स्वभाविक प्रकृया हाे। कुनै मान्छेले याे व्यवस्थामा आफ्नाे नैतिकता सरल स्वभाव खाेज्दछ, उसले अनुशासन, सामुहिक स्वार्थ, प्रगतिशील साेच बिचार दृष्टिकोण राख्नु र खाेज्नु भनेकाे आकाश फल आँखा तरि मर भने जस्तै हाे।
मुलतः त याे व्यवस्थामा मान्छेले आफ्नाे व्यक्तिगत स्वार्थ कसरी पूरा गर्छ भन्ने नै मुख्य बिषय हाे। कनै संसद, मन्त्रि, प्रधानमन्त्री, राष्ट्रपति, कर्मचारी किनु बेचिनु खासै ठुलाे र मुख्य बिषय हाेईन याे स्वभाकिक प्रकृया हाे। यसलाई हामिले सकारात्मक लिनु पर्छ। किन कि याे व्यवस्थाकाे मुल मर्म, उदेश्य साेच वा कार्यदिशा यहि प्रकृतिको हुन्छ। हामीले याे भन्दा ठुलाे अपेक्षा राख्नु हुदैन। याे व्यवस्था वा प्रणालीमा कुनै गरिब मजदुर किसान र्सवहारा जन्ताकाे मुक्ति उसकाे गाँस बाँस कपास काे ग्यारेन्टी खाेज्नु मुर्खता हाे। याे व्यवस्थामा हामिले खाेज्ने भनै कै कर्णाली र गण्डकी प्रदेशकाे अवस्था र प्रस्थिति स्वभाविक हाे। याे व्यवस्थामा नैतिकता, अनुशासन, जिम्मेवार खाेज्ने मान्छे ती पागल र गैरजिम्मेवारी हुनु। ती मान्छे हरु आफुलाई क्रान्तिकारी, प्रगतिशील बताएर भित्र भित्रै सेटिङ्गमा चल्ने नपुश्ङ्ग हुन। उनिहरु याे व्यवस्थाकाे आफू अनुकुल व्याख्या र प्रयाेग गर्दछन्। जस्ले याे व्यवस्था वा प्रणालीकाे सहि सदुपयोग गर्दछन ती व्यक्ति नेता कार्यकर्ता समुहले अनुशासन बिहिन र गैर जिम्मेवार ठान्दछन र मान्दछ्न र आफुलाई बडाे क्रान्तिकारी, प्रगतिशील अनुशासित ठान्दछन् त्याे उनिहरुकाे ठुलाे कम्जोरी र गैर जिम्मेवारी अभिव्यक्ति हाे।
खासमा त्यस्ताे भन्नेहरु कुनै ठुलाे व्यारि ठेक्का दलाल, कमिसन खाेर, भ्रष्टाचारी, र याे व्यवस्थाकाे व्यापक दुरुपयोग गरेका हुन्छ। जाे आफ्नाे स्वार्थ अनुसार चल्दछन् तिनी हरु बाट नै ती संसाद तथा मान्त्रि कर्मचारी, प्रधानमन्त्री, नेता कार्यकर्तालाई दाेस दिन्छन्। किन कि आफू जसाे गर्छ त्यसै गर्ने र उनिहरु भन्दा अगाडि जान खाेजे भने उनिहरुलाइ सहिय हुदैन। याे व्यवस्था वा प्रणालीमा मान्छेहरु कुन हद सम्म जान्छन् भन्ने कुरा दुई चार जना क्रान्तिकारी ठेकेदार र जग्गा दलाल र नेताहरुलाई हेरे पुग्छ। उनिहरु सम्बन्ध कस्ता काे काे मानिसहरु संग छ आफ्नाे स्वार्थका लागि के के गर्दछन् भन्ने कुरा सामान्य अध्ययन गरे पुग्दछ । एक जना क्रान्तिकारी प्रगतिशील परिवर्तन आफुलाई संवाहक ठान्ने विद्यार्थीका ठुला नेताले कसरी बिबहा सम्पन्न गरे त्यस्तै अर्का नेताले आफ्नि श्रीमती संग संबन्ध ताेड्न पार्टी केन्द्र देखि अदालत सम्म कसरी जालसाजी गरे, त्यहाँ पुगे तर त्याे विषयमा मा आम सर्वसाधारण जन्ताले उनिहरु नितान्त व्यक्तिगत जीवन भनेर बुझ्नु पर्ने रहेछ। तर कुनै उनिहरुका नेता वा कार्यकर्ताले आफुलाई ठिक नलागेकाे विषय वा पार्टीको निर्णय भनेर केहि अमुक आफ्नाे स्वार्थकाे लागि पार्टीको निर्णय भनेर कार्यनयनकाे दिसामा जादा उनिहरु त्याे निर्णयकाे बिरुध जान्छन भने त्याे अनुसानबिहिन, क्रान्तिकारी बिचार भनिने बिरुद्ध हुने जब सम्म आफुलाई क्रान्तिकारी प्रगतिशील भन्नेहरुले व्यबहारीक ढङ्गले आफुलाई रुपान्तरण गर्दैन याे समस्या आइ रहन्छ याे स्वभाविक प्रकृया र सहि निर्णय पनि हाे। याे संसदीय व्यवस्था मा संसद किनिनु बेच्नु कुनै नाैलाे बिषय र गम्भीर अपराध हाेईन किन कि प्रधानमन्त्री, राष्ट्रपति देखि कर्मचारी शिक्षक, पुलिस प्रशासन सम्म लागू हुन्छ र याे व्यवस्थाकाे स्वभाविक प्रकृया हाे ।
अन्त्यमा जसरि गण्डकी प्रदेशमा संसद हराए वा अपहरणमा परे भन्ने बिषय चर्चामा छ। उनिहरुले याे समय काे मुख्य नैतिक अनुशासन र सहि कार्य मुल मन्त्रलाई आत्मसात गरकाे हुनु पर्दछ। किन कि जुन समय वा व्यवस्था, प्रणाली, जसकाे मूल्य मान्यता मुल धर्म संस्कार अनुसार आफ्नाे भुमिका निर्वाह गर्दछन् भने त्याे नै अनिहरुकाे अनुशासन, जिम्मेवारी बिषय हाे। एउटा भिडियो सामाजिक संजालमा खुब प्रचार आएकाे छ वा गरिएकाे छ त्यस बिषयकाे बारेमा गम्भीर छलफल गरिनु पर्दछ कि याे व्यवस्था वा प्रणालीको जसले अनुशासित भए र आफ्नाे बिवेक प्रयाेग गर्दछ भने त्याे नै महानता हाे। र ती व्यक्तिले पनि आफ्नाे अनुशासन प्रस्ट संग देखाएका छन्। त्याे स्वभाविक हाे त्यसलाई अन्यथा लिनु हुदैन्। जब मानिस चाेरहरुकाे समुह मा बस्द्छ कि त्याे मान्छे चाेर जस्तै बन्न प्रयत्न गर्नु पर्दछ। कि त्याे ठाउँ छाडेर आफू जस्ताे समाज काे निर्माण गर्नु वा खाेजि गर्नु पर्दछ। अहिले त्यस्ताे अवस्था पनि छैन याे समाज छाडेर जाने ठाउँ पनि छैन त्यसैले सामान्य तय चाेर जस्ताे बन्न खाेज्नु नै राम्रो हुन्छ। हाम्राे देशमा पनि यस्ता विभिन्न उदाहरणहरु हेर्न सकिन्छ। कुनै ब्राह्मण समाज बस्ने जनजाति वा जनजाति समाजमा बस्ने ब्राह्मण उनिहरुकाे रहन सहन भाषा, संस्कार मिल्दछ किन कि जस्ताे समाज छ त्यसैमा आफुलाई घुलमिल गरे।
कर्णालीका चार जना संसदले जसरि बिद्रोह जस्ताे गरे याे पनि अहिलेकाे राज्य व्यवस्था अनुसार ठिक छ। भित्रि कुरा भन्ने गरिन्छ भित्रि गाेप्य छलफल लेनदेन जाेडघटाउ नहुने कुरै भएन। याे क्रान्तिकारीहरु पार्टिमा पनि हुन्छ। याे स्वभाविक आचरण र व्यवहार हाे। म यसलाई गलत मान्दिन किन कि आफुमा जुन क्षमता छ त्याे देखाउदा किन अचम्म मान्नु जब मानिसले आफ्नाे क्षमता, बिबेक, भन्दा फरक आचरण देखाउछ भन्ने अचम्मित हुनु स्वभाविक हाे।
त्यस्तै कर्णाली ती चार जना संसद अन्य ठुलाे फाईदा लिन संसद पद त्याग्न तयार भए जसरि आफ्नाे पार्टी भित्रकाे विवाद छ त्यसकारण पार्टी विरुद्ध गए याे खासमा उनिहरु याे व्यवस्थाकाे मुल मन्त्र धर्म छाडेनन् उनिहरुले सहि काम गरे त्यस्तै गण्डकी प्रदेशमा देखिएकाे समस्या पनि यहि प्रकृतिको हाे। याे व्यवस्थामा यस्ताे लुकाउनु, हराउनु, आफै हराइनु, लभ पर्नु खासै ठुलाे कुरा हाेईन पुजीवादी दलाल व्यवस्था रहदा सम्म याे निरन्तर चलिरन्छ अनाैठाे मान्नु हुदैन्। अरु संसद सुकिला मुकिला देख्दा आफुलाई पनि हुन मन लाग्नु स्वभाविक नै हाे। त्यस्ता केही मान्छे अनाैठा प्रकृति देखा परे भन्ने आचम्म मानाैला तर यस्ताे केन्द्र देखि स्थानीय निकाय सम्म हुने स्वभाविक प्रकृया हाे अतिरन्जित नगराैँ।