बैशाख १८ अर्घाखाँची।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघले भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ का युवाहरुलाई भलिबल खेलका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।
भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ काे शान्ति माविमा काेराेना नियन्त्रण सम्बन्धि आयोजित सर्वपक्षीय भेलाकाे बिचमा त्यहाँका युवालाई भलिबल खेलका खेलकुद सामाग्री महासंघले हस्तान्तरण गरेकाे हाे।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका संयाेजक पृथ्वी थापा र राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले धारापानीका सम्पूर्ण युवाहरूको प्रतिनिधित्व हुने गरि अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका अर्घाखाँची जिल्ला सदस्य थम्मन केसीलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडे, ४ का वडा अध्यक्ष बावुराम पन्थी र अखिल (छैठौं) का नेता टेकराज भुसाल लगायतका स्थानीय राजनीतिक दलका प्रमुखहरुकाे उपस्थिति रहेको थियो।
खेलकुद सामाग्री हस्तान्तरण गर्दै खेलकुद महासंघका संयाेजक थापाले खेलकुदले नै शरिर स्वस्थ र तन्दुरुस्त बनाउने भएकोले दैनिक रुपमा खेलकुद आवश्यक रहेको बताउनु भयाे।
संयाेजक थापाले काेराेना भाइरस नियन्त्रण भएपछि अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका, प्युठानकाे मल्लरानी र झिमरुक गाउँपालिकाका सम्पूर्ण विद्यालय, युवा क्लब, प्रहरी चाैकि र स्वास्थ चाैकि समेतलाई खेलकुद सामाग्री हस्तान्तरण गर्ने बताउदै थापाले याे वितरण अभियानलाई आर्थिक, नैतिक र भाैतिक रुपमा सहयोग गर्ने स्पाेट्स भ्वाइस पत्रिकाका व्यवस्थापक पिलक्च लामा तामाङ लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।