आस्तिक – नास्तिक

COOL SHARMA
आस्तिक भनेको भगवान र धर्मलाई नै सर्वश्रेष्ठ हो भन्ने मानिसहरुको झुण्ड हो ।
नास्तिक भनेको भगवान र धर्म दुबै नमान्ने मानिसहरुको झुण्ड हो ।
यि दुबै हाम्रो समाजमा जरा गाडेरै बसेका छ्न । यिनीहरुको आपसी मतभेदको कारणले गर्दा सामान्य मानिसहरुलाई समाजमा स -साना समस्याहरु सँग जुध्न पनि ठुलै सहास र आत्माबलको खाँचो पर्दछ । किनकी राजनीति मा चलेको गुढ्बन्दी यहाँ पनि चलिराको हुन्छ । यो स्वार्थी दुनियाँ मा आफुलाई स्थापित गर्नको लागी सामान्य मानिसहरुले धेरै संघर्ष गर्नु पर्छ । तर यि दुबै नास्तिक र आस्तिक को मुद्दा बोकेर हिड्नेहरुलाई केही नै गर्नु पर्दैन । किनकी तिनीहरुले दुबैले सामान्य वर्गबाट नै सहयोग को नाम मा पैसा उठाउने काम गरिरहेका हुन्छ्न , नदिनेहरुलाई अनेकौं डर धम्की देखाएर असुल गरिरहेकै हुन्छ्न । यि दुबै एक सिक्काका दुई पाटा जस्तै हुन । राम्रो छ त खराब पनि अवश्य हुन्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो , त्यसैको अर्को रुप आस्तिक र नास्तिक हो । यो रिती वर्षौँ सम्म यस्तै तरिकाले नै चलिरहने छ र चलिरहने नै छ । न त यो कहिले अन्त्य हुन्छ न त कहिले ठोस निर्णय निस्किन्छ । यि दुबैलाई गलत दृष्टिकोण बाट हेर्नु भन्दा राम्रो दृष्टिकोण बाट हेर्नु नै बुद्दिमानी हुन्छ । हामीहरु चाहेर पनि यसको अन्त्य गर्न सक्दैनौँ ।
अहिलेको कलियुग मा मानिसहरु आफुलाई नास्तिक भन्न रुचाउछ्न तर तिनीहरुको behaviour नास्तिकको जस्तो हुँदैन । नास्तिकहरुले समाजमा चलिआएका चाडपर्व , संस्कार , धार्मिक आस्थाहरुलाई रुढिवादी परम्परा हो , यिनीहरुले हाम्रो देशको विकाशलाई पछि पारिरहेका छ्न भनेर जनचेतना फैलाउदै हिड्दा , आफुले आफ्नै घरमा यि परम्पराहरुलाई अन्त्य गर्न नसक्नु उनीहरुको लागी एउटा विडम्बना नै हो ।
नास्तिक र आस्तिक हुने व्यक्तिगत कुरा नै हो । तर आफु जस्तो छु त्यस्तै देखिनु महानता हो । आफ्नो आनीबानी लाई लुकाएर दुनियाँ भन्दा फरक देखिन खोज्नु मुर्खता हो । आफु नास्तिक हो भने पुरै नास्तिक हुन सक्नु पर्छ । नास्तिकको खोल ओडेर आस्तिक बन्न खोज्नु आफै मा गलत हो । किन नास्तिक भए र किन आस्तिक भए भन्ने कुराको राम्रो ज्ञान राख्नु नै बुद्दिमानी हो ।
भैपरि हुने घटनाहरु , accident हुने , मृत्यु हुने , घरमा चोरी हुने , विरामी हुने , आगोलागी हुने , बाढीपहिरोले लग्ने आदि घटनालाई समाजमा जरो गाडेर बसेका आस्तिकहरुले नास्तिक थियो त्यसैले यस्तो भयो भनेर लागेको घाउमा नुन छर्कने काम गरिरहेका हुन्छ्न तर आस्तिक माथि नै यस्तो घटना भयो भने भाकल गरेको कुरा पुरा गर नत्र झन ठुलो घटना घट्न सक्छ भनेर सान्त्वना दिरहेका हुन्छ्न ।
अक्सर हाम्रो समाज वा देशमा जो कम्युनिष्ट हुन्छ त्यहीँ नै नास्तिक हुन्छ भन्ने प्रचलन छ । तर कम्युनिष्ट भित्र पनि नास्तिक र आस्तिक दुबै किसिमका मानिसहरु रहेका हुन्छ्न । तर त्यहाँ का आस्तिकहरु खुलेर म आस्तिक हुँ भन्ने हिम्मत गर्दैन । त्यसैले कम्युनिष्टहरुलाई नास्तिक हुन भनेर भनिएको हो जस्तो लाग्छ मलाई चाहिँ ।
वास्तवमा छुवाछुतको मुख्य कारण नै धर्म हो भनेर जनताहरुलाई सचेत गराउने प्रक्रिया नै गलत हो । छुवाछुत हामीले देखेको भन्दा धेरै नै फरक छ किनकी हामीले देखेको छुवाछुत जातियतामा छ । तर वास्तमा त्यो होइन छुवाछुत जातियतामा भन्दा धेरै वर्गमा रहेको छ । तल्लो जातको एउटा गरिबले छोएको पानी चल्दैन तर त्यहीँ तल्लो जातको धनी को त भान्सो नै चल्छ त्यसैले जातियता भन्दा वर्गियताको कारणले छुवाछुत झन धेरै मौलाएको छ ।तर समाज यो मान्न तयार छैन किनकी ति तल्लो जातीका धनी व्यक्तिहरुले तिनीहरुको नाममा आफुले आम्दानी / अवसर हासिल गरिरएका हुन्छ्न । त्यसको अन्त्य हुनु भनेको ति वर्गहरुको आम्दानी को बाटो बन्द हुनु हो ।
झुट आफैमा त्यती खराब हुँदैन जति हामीहरुले सोचेका हुन्छ्न । तर त्यहीँ झुटको साहारामा आफु माथि उठ्न खोज्ने मानिसहरुले त्यो झुटलाई आफ्नो सबैभन्दा ठुलो अस्त्रको रुपमा प्रयोग गरेका हुन्छ्न । झुट बोल्नु गलत हो तर कतियौँ झुट यस्ता हुन्छ्न कि झुट बोल्दा नै राम्रो हुन्छ । सङ्ख्याका आधारमा गल्ती र सहि छुट्टाउने हाम्रो परम्परा नै छुवाछुत अन्त्य को बाधक हो ।
नास्तिकहरुले भन्ने गर्छ्न डरको अस्त्र प्रयोग गरेर आस्तिकहरुले जनताहरुलाई सधै भ्रममा राखेका हुन्छ्न । वास्तवमा सहि नै हो तर डरको अस्त्र आस्तिक ले मात्रै होइन हरकोहीले प्रयोग गरिरहेका हुन्छ्न । जस्तै एउटी आमाले आफ्ना छोराछोरी लाई भुतको डर देखाएर खाना खुवाउने गर्छिन , छोराछोरी लाई अनुशासनमा राख्न बाबुको डर देखाएकी हुन्छिन त्यस्तै आस्तिकहरुले भगवान् र धर्मको डर देखाएर धेरै मानिसहरुलाई अनुशासनमा राखेका हुन्छ्न । डरको अस्त्र चलाउनु आफैमा गलत होइन तर डरको अस्त्र केका लागी चलाइएको छ त्यो बुझ्न जरुरी हुन्छ । गलत कामको लागी प्रयोग गरिएको छ भने त्यसको बिरुद्द हरकोही मैदानमा उत्रिनु पर्छ । भगवानलाई पुज्ने पुजारीको गल्तीलाई लिएर पुरै धर्म नै गलत हो भनेर विश्लेषण गर्नु आफैमा सुँहाउदो हुँदैन । व्यक्तिको गल्तीलाई लिएर पुरै समुहलाई नै गलत हो भनेर दाबी गर्नु भनेको मुर्खता मात्रै हो ।
नास्तिकहरु आफैमा आधुनिक / परिवर्तित वर्गका मानिसहरु हुन । यिनीहरु आफ्नो अस्तित्व दिन नसक्ने कुनै चिजमा विश्वास गर्दैनन , जस्तै : भगवान । यिनीहरु धर्म/ भगवान् लाई होइन प्रकृति लाई नै सर्वश्रेष्ठ मान्दछ्न । वास्तवमा यो नै वास्तविकता हो । किनकी प्रकृतिको चक्रले नै मानब जिवनको अस्तित्व कायम छ । आस्तिकहरु धर्म र भगवानको नाममा गरिबलाई झन गरिवीको रेखामा पुगाउछ्न भने धनी झन धनी बनाउन मुख्य भुमिका गरिरहेका हुन्छ्न । त्यसैले यिनीहरुको असमान व्यवहारको बिरुद्द लड्न को लागी नास्तिकहरुको उदयमान भएको हो । तर गरिविको रेखामा रहेका आस्तिकहरुले हाम्रा लागी भगवानले आफ्ना दुत पठाउनु भयो भनेर नास्तिकहरुलाई भगवान् सरह नै सम्मान गरिरहेका हुन्छ्न । यो हाम्रो समाजमा बिरलै देखिने गरेका छ्न ।
प्रकृतिमा खराब र राम्रा चिजहरु को समिश्रणले नै प्रकृतिको सन्तुलित छ । त्यस्तै मानब बस्तीमा पनि खराब र सही मान्छेहरुको समिश्रणले सन्तुलित छ भन्नु कुनै नौलो कुरो होइन । खराब काम बाट नै सहि काम कुन हो भनेर पत्ता लगाउन सकिन्छ । सुरुमा गरिने हरेक काम सहि हुन्छ भन्ने हुन्न , सहि मानसिकता ले गरेको कामको निचोड गलत पनि आउन सक्छ । त्यसैले सहि र गलत आफैमा अन्तरविरोधी हुन तर दुबैको हुन आवश्यकता हुन्छ । त्यसकारण नास्तिक र आस्तिक को दुबैको महत्व रहिरहेको छ । नास्तिक र आस्तिकहरु बिच जति नै भिन्नता भए पनि यिनीहरु एकाआपसमा मिलेर बसेका हुन्छ्न । यहीँ नै महानता हो , मानब जातिको ।
आफुले आफैले बुझ्न नसक्नु पनि लाचारीपन नै हो । एउटा व्यक्ति bike मा यात्रा गरिरहेको हुन्छ , एक्कासि उसको bike accident हुन्छ , भाग्यबस उसलाई सामान्य चोटपटक लाग्न पुग्छ र उसले सोच्न थाल मैले भगवान् नमान्दको प्रतिफल हो । भगवान् मानेको भए आज मेरो accident हुँदैन्थ्यो भनेर उसले आफुलाई धिक्कार्छ र पुन bike उठाएर यात्रा सुरु गर्छ । उसले यात्रा गरिरहेको बेला सोच्न थाल्छ अब देखी मन नि भगवान् मान्छु , यो सृष्टि को सृष्टिकर्ता भगवान् नै हुन यिनको बिरुद्द मा लागेर बाँच्न गाह्रो हुन्छ त्यसैले अब देखी मन भगवान् लाई मान्छु , भगवान् पुजापाठ गर्छु । ए… भगवान् लाई सुरक्षा गर म तिम्रो शरण पर्छु भनेर भाकल गर्छ , अनि आफ्नो यात्राको रफ्तार बढाउछु । पुनः उसको Bike accident हुन्छ , भाग्यबस यस पटक पनि उसलाई सामान्य चोटपटक मात्रै लाग्छ । अनि उ रिसाएर भुनभुनाउनु थाल्छ तैट यो भगवान् सगवान केही हुँदैन हामी आफ्नो लापरवाही ले गर्दा समस्या मा पर्छ भन्दै उसले bike उठाएर पुन यात्रा सुरु गर्छ । एक दिन आस्तिक भएको मान्छे एकै दिनमा पुन आफुलाई नास्तिक नै बनाउछ । त्यसैले मानिसहरु पृथिवी मा जन्म लिइसकेपछि कसैको आशा बिना नै बाँच्ने हिम्मत गर्नु पर्छ । आशाले मानिसले अल्छी बनाउने काम गर्छ । आशा बिनाको आस्था राख्नु नै आस्तिक महानता हो । आस्तिक र नास्तिक लाई आ आफ्नो तरिकाले विश्लेषण गर्न सकिन्छ । तर जति विश्लेषण गरे पनि आस्तिक र नास्तिक नहुनु नै राम्रो भनेर निचोड निकाल्न सकिदैन । ……………

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार