आमाहरू हाे

सरिता श्रीस

“बा”हरुको सत्ता विरुद्ध
जब आमाहरूले बाल्नेछन् मसाल
त्यसपछि शुरु हुनेछ दिपावली
छोरी जन्मेको खुशीमा

आमाहरू!
जब उत्रनेछन् स्वयं
युद्धको मैदानमा
र, गर्नेछन् प्रतिकार
आफ्नो छातीमा बजारिएका
प्रत्यक बुटहरूको
त्यसपछि हिँड्नेछन् छोरीहरू
मान्छे बनेर

आमाहरू!
जब बोक्नेछन् काँधमा
युगको भारी
र, लेख्नेछन् इतिहास
आफ्नै रगतले
त्यसपछि लेखिनेछ-
मान्छेको इतिहास

प्रिय आमाहरू,
इतिहास बदल्ने बेला भएन र?

जाग,
उठ,
अनि,
दाैड
याे धर्तीमा
परिवर्तनको अथक र निरन्तर यात्रामा
म तिमीहरूलाई विजयको शुभकामना दिन चाहन्छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार