मेरो नाममा ‘फेक’ विज्ञप्ति निकालियो: राजमो सांसद शाही

गण्डकीमा जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने प्रयोजनार्थ हस्ताक्षर गर्ने पार्टी निर्णय विपरीत हस्ताक्षरै नगरी बागलुङ गए । उनी बागलुङको जैमिनी नगरपालिकास्थित सर्कुवामा रहेको आफ्नै घरमा छन । पार्टीका महासचिव मनोज भट्टले हस्ताक्षर गराएर ल्याउने बताएतापनि उनी गृहजिल्ला पुगिसकेका थिए ।

पार्टी निर्णय विपरीत हिँडेको भन्दै उनलाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाइसकेको छ । घर पुगेपछि सांसद थापाले दलको नेताबाट हटाइनु गलत भएको र आफू तटस्थ रहेको प्रष्टोक्ति प्रदेश प्रमुखलाई सम्बोधन गर्दैै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले हस्ताक्षर नगर्दा आज विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुन सकेनन् । संविधानको धारा १६८ (२) अनुसारको बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई दोस्रोपटक नियुक्त गरेकी छन् । जनमोर्चाका सांसद थापाले मात्रै हस्ताक्षर गरेको खण्डमा विपक्षीले सरकारको नेतृत्व गर्ने थिए ।

तर, थापा हस्ताक्षर नगरी घरतिर लागे । थापासँगै बुधबार दिउँसो जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाहीको हस्ताक्षरमा आफू विपक्षी गठबन्धनमा नरहेको भन्दै एउटा विज्ञप्ति सामाजिक सञ्जालमा फैलियो ।

तर, उक्त विज्ञप्ति ‘फेक’ रहेको पुष्टि भएको छ । सांसद शाही स्वयम्ले उक्त विज्ञप्ति आफ्नो नरहेको बताएका छन् । उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सरकार बनाउन मंगलबार नै हस्ताक्षर गरेका थिए ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार