अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ बसोबास गर्ने लकडाउनका कारण घरमा चुलो बाल्न समस्या मा परेका दैनिक काम गरि जीवन निर्भाहा गर्ने अति बिपन्न ५ मजुदुर घरपरिवारलाई युवा व्यवसायी छत्रदेव गाउपालिका वार्ड नम्बर ४ केरुङगा निबासी यम पान्डेले खाद्यान्न स्वरुप चामल दाल तेल नुन बितरण गरि सहयोग गर्नु भएको हो ।
दैनिक ज्यालादारीमा काम गर्नेहरु सरकारले गरेको निषेधाज्ञाका कारण काम गरेर खाने अबस्था नभएको ले अति समस्या मा परेकाहरुलाई सामान्य खाध्यन्न सहयोग आफुले गरेको उहाको भनाइ छ ।
४ परिवारहरुलाई एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको थियोे ।
देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै आफूले सकेको सहयोग गरेको पान्डेले बताउनु भयो उहाँ अर्घाखाँचीका का युवा बव्यवसायी र हरेक अभियान मा सहयोग गर्ने अभियान्ता हुनुन्छ ।