रामबहादुर थापालाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा डा. देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (एमाले)को माधव नेपाल समूहका डा. देवकोटा आफ्ना प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार रामबहादुर थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

उहाँ ५०८८ मतसहित विजयी हुनुभएको हो । थापा ४०१४ मत प्राप्त गर्नुभयो। त्यस्तै कृष्ण तामाङले १३२ मत प्राप्त गर्नुभएको थियो । डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहको समर्थन थियो ।

खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गर्नुभएको थियो, जसको कूल मतभार ५ हजार ८८ रहेको छ ।

त्यसैगरी थापाले प्रदेश सभाबाट ४५ र स्थानीय तहबाट १०३ मत ल्याउनुभयो । थापाले प्राप्त गरेको मतभार ४ हजार ४१ रहेको छ। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तामाङले स्थानीय तहबाट २ र प्रदेश सभाबाट पनि २ मत प्राप्त गर्नुभएको छ । उहाँले पाएको मतभार १३२ रहेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार