राजनैतिक दासहरुले गरेको प्रचार र सिद्धबाबा सडकखण्ड बारे
सुपादेउराली अनलाइन
प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८
पुरन पोख्रेल
मैले आज मेरो फेसबुकको स्टाटस हेरे !पहिलो सिद्धबाबा सडकखण्डको यात्रामा ज्यान गुमाउनु हुने सबैप्रती हार्दिक श्रद्धाञ्जली !! मेरो जिबनको १० बर्ष पाल्पामा औपचारिक रुपमा रहे र अझैपनी छु।मैले आजभन्दा केही बर्ष अगाडि ” पाल्पाका माननीय हरुलाई लोकल बसको लास्ट सिटमा राखेर पाल्पा बुटवल गराउन मन छ भनेर लेखेको थिएँ” केहि आलोचना त्यो बेला बेहोरेको थिएँ त्यतिमात्र होइन अस्ट्रियाको एउटा कम्पनीले अध्ययन गरेर फर्किएको थियो त्यो बेला पनि एसैगरी प्रचार गरिएको थियो।
पाल्पाका पत्रकार किरण कौशल ले मलाई बोलाएको एउटा पत्रकारिता तालिमा म सहभागी थिए त्यो बेला मुख्य प्रशिक्षक ले सोध्दा म एउटा मात्रै मिलाउने मान्छे थिएँ! त्यसपछि त कती कति सवाल उठे पाल्पाका पत्रकारहरु जसले मृत्युमार्ग भनेर आवाज उठाए मैले १० महिना काम गरेको नबसंबाद साप्ताहिकका संपादक पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना,निबर्तमान अध्यक्ष राजेश कुमार अर्याल,कान्तिपुरका उपसम्पादक अग्रज पत्रकार माधब अर्याल सहित पाल्पामा क्रियाशिल बिगत देखि आजसम्मका सबै पत्रकार हरुले भुमिका खेल्नुभो उहाँहरुले घाम पानी पहिरो नभनी सिद्धबाबाको हालत बारे लेख्ने बोल्ने काम गर्नुभएको छ।सबै राजनैतिक दलका जिल्ला संगठन हरुले आवाज उठाए!पछि म विद्यार्थी राजीनामा आएपछि म भन्दा अग्रज विद्यार्थी नेताहरुले निरन्तर आवाज उठाउनुभयो र पछि हामिले विद्यार्थी संगठनको तर्फबाट कति लेख्यौं लेख्यौँ।लागातारका दुर्घटनाका कारण राज्यमाथी अर्घाखाँची,पाल्पा ,गुल्मी , स्याङ्जा हुँदै पोखरा जाने यात्रुहरुको दबाब परेयो।त्यतिन्जेल पाल्पामा पटक पटक संसद हुने ,मन्त्री हुने हरुले त्यही नारा बेचिरहे तर माखो मारेनन ।आज राजनैतिक दासहरुले त्यही हर्कत दोहोराएर भोटका लागि नलाएक हरुको तस्बिर सार्बजनिक गरिरहेका छ्न ।तर म भन्छु सिद्धबाबको बाटो ज्यान गुमाउने प्रत्येक नागरिक ,घाइते ,पत्रकार ,विद्यार्थी संगठन ,उधोग बाणिज्य संघ,त्रिभुवन क्याम्पस पाल्पाका प्राध्यापक ,आम नागरिकको प्रेसरले राज्य बाध्य भको हो।यहि कारण अर्थमन्त्री बिस्नु पौडेलका पाला बिनियोजन भयो यस मानेमा धन्यवाद छ। कुप्रचार भ्रमका आधारमा कसैले भोट हाल्न तयार हुन्छ भने ती राजनैतिक दाशहरु हुन ।शिक्षा ,स्वास्थ ,बिकास र रोजगार राज्यका अनिवार्य सर्त हुन कसैले भोट संग बेच्न पाउदैनन।तर टेण्डर कमिसनको खेल नलायक ठेकदार भयो भने उहीँ नतिजा पाल्पा ,गुल्मी ,अर्घाखाँची ,स्याङ्जा ,पोखरा ले मात्रै होइन राजनैतिक दासहरुले समेत भोग्नेछ्न।
त्यतिबेला यो संसद त्यो संसदको पहल भन्नेहरु परिवार भित्रको दुर्घटना हुदा मेरो स्टाट्स सम्जिनेछ्न।सिद्धबाबा सुरुङ मार्ग छिटै बनोस शुभकामना।