
लायन्स क्लब अफ बुटवल बेलबास सिटीले कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै कोरोना संक्रमितसँगै सिटी अभियान सञ्चालन भएको कुरा वर्ष २०२१/२२ का अध्यक्ष लायन गोविन्द खनालले जानकारी दिनुभयो ।
कोरोना संक्रमितलाई विभिन्न खालका सहयोग प्रदान गर्ने क्रममा विशेष गरी अक्सिजनको अभावमा ज्यानै जान थालेको अवस्थामा क्लबले अक्सिजन उपलब्ध गराइ मद्दत गरिराखेको छ । सिलिन्डर भएर पनि रिफिल गर्न नसकेका लाई सिलिन्डर रिफिल गरिदिने क्रममा आजसम्म १२ जना बुटवल क्षेत्रका संक्रमितको लागि सिलिण्डर रिफिल गरिदिएको कुरा अध्यक्ष खनालले जानकारी दिनुभयो ।
साथै प्यूठानबाट बिरामी बुटवल ल्याउदै गर्दा कपिलवस्तुको बनगाईमा अक्सिजन सकिएको खबर पश्चचात क्लबका डाइरेक्टर किशोर वाग्लेको पहलमा तुरुन्तै बनगाईमै अक्सिजन सिलिण्डर उपलब्ध गराइ विरामीलाई सहयोग गरिएको कुरा क्लवका प्रथम उपाध्यक्ष डि. बि .खत्री (प्रदीप ) ले जानकारी दिनुभयो।