बुटवलको कालिका मानवज्ञान मा•बिले बुद्ध टेलिभिजन मार्फत् अनलाइन कक्षा शुरु

१९ बैशाख बुटवल । प्रदेश पाँचको अस्थाई राजधानी बुटवलमा २०१८ सालमा स्थापना भएकाे कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएकाे छ।

उक्त बिद्यालयले एसईई दिने बिद्यार्थीलाई लक्षित गरेर अनलाइनकक्षा संचालन गरेको छ। बुद्ध टेलिभिजनको सहयोगमा कालिकाले कक्षा संचालन गरेको र यसबाट घरमै बसेर बिद्यार्थीले परिक्षाको तयारी गर्न पाउने बिद्यालयका प्राचार्य घनश्याम पाठकले बताउनु भयो।

कोरोनाको प्रभाबका कारण बिद्यालय बंद रहेको अबस्थामा टेलिभिजन हेर्ने सबैका लागि फाइदा पुग्ने गरि कक्षा सञ्चालन गरेको बिद्यालयका अध्यक्ष होमबहादुर गलामीले बताउनु भयो।

शुक्रबार पहिलो दिनको कक्षा अंग्रेजी शिक्षक इवराज तिवारी र नेपाली बिषय शिक्षक बिष्णुहरी ज्ञवालीले दिनुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार