स्वर्गीय कुलानन्द बन्जाडेको `१५ औं स्मृति दिवसमा विभिन्न कार्यक्रम
सुपादेउराली अनलाइन
प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका-२ साविक ढाकावाङ्ग ८ अम्लाचाैर निवासी शिक्षाप्रेमी तथा समाजसेवी कुलानन्द बन्जाडेकाे १५ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।
नेपालको बाम-लाेकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा, शिक्षक आन्दोलनका अग्रज, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व केन्द्रीय उपाध्यक्ष तथा शिक्षाप्रेमी, समाजसेवी, बिश्व माध्यमिक बिद्यालय ढाकावाङ्गका तत्कालीन प्रधानाध्यापक स्वर्गीय बन्जाडेकाे १५ औं स्मृति दिवसमा स्वर्गीय बन्जाडेकाे शालिकमा टीका तथा माल्यार्पण गरि मनाइएको छ।
माल्यापर्ण कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका नेता तथा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय संयाेजक पृथ्वी थापा, स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष खडका बहादुर थापा, उपाध्यक्ष भुवानन्द भुसाल, सचिव खुविराम खनाल भुमिकास्थान नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष भाेजराज खनाल, २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापा, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रामप्रसाद खनाल, हिमलाल खनाल, अखिल (छैठौं) का नेता टेकराज भुसाल र स्वर्गीय बन्जाडेका छाेरा बुहारी नातिनातिनाकाे उपस्थिति रहेको थियो ।
स्मृति दिवसकाे अवसरमा बिगतका बर्षहरुमा गर्दै आएको भुमिकास्थान नगरपालीका वडा नम्बर १ र २ भित्रका बिद्यालयहरुबाट अन्तीम परीक्षामा उत्कृष्ट अंक ल्याउने बिभिन्न बिद्यालयका एकएक जना छात्रछात्रा हरुलाई पुरस्कार बितरण गर्ने कार्यक्रम काेभिडका कारण स्थगित गरि आगामी वर्षहरुमा नियमित सञ्चालन गर्ने प्रतिष्ठानका उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभएको छ।