स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार घोषणा

काठमाडौं । कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडि आएको छ ।

काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले स्वास्थ्यकर्मीहरुलाई एक करोड रुपैयाँ पुरस्कृत गर्ने भएको हो ।

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीहरुलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।

कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरुले सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिती घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार