एडमण्ड सिटी अस्पतालले सुरु गर्याे ५० शैय्याको कोभिड अस्पताल

रुपन्देहीको बुटवल-१३, जितगढीमा एडमण्ड सिटी अस्पताल ले सेवा सुभारम्भ गरेको छ । करोडौको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेड कर्मचारी सहि का कर्मचारी हरुले सेवा दिन सुरु गरेका छन।
२०६७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्वन्धन स्वीकृति प्राप्त गरेको अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल सञ्चालनमा ल्याएको । अस्पतालले तत्कालै कोभिड संक्रमितका विरामीको उपचार गर्ने तयारी गरेको छ।
करिव १ विगाहा क्षेत्रफल भित्र भेण्टिलेटर सहित ८ शैया को आईसियू ७ शैयाको एचडियू तथा ३५ शैया को आइसोलेशन सहित ५० शैया को अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष तथा युवा ब्यबसाहि प्रकाश रानाले जानकारी दिनु भएको छ ।
उपकरण र स्वास्थ्य सामाग्री सहित ३ करोडको लगानीमा सुरु हुन लागेको अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेडिक २२ र अन्य कर्मचारी सहित १ सय ४० जना कार्यरत रहने रानाले जानकारी दिनुभयो ।
कोभिडको संक्रमण दर केही कम भएपनि जोखिम कायमै रहेकाले अस्पताल सञ्चालनमा ल्याइएको रानाले जानकारी दिनु भयो कोभिड महामारी अन्त्य भएमा सोही अस्पतलमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर,न्यूरो तथा क्यान्सर रोग उपचार गर्ने योजना अस्पताल ले बनाऐको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार