गठबन्धन बारे “तिलकाे पहाड”बनाउन आवश्यक छैन: राजमो साँसद जिसी

लुम्बिनी प्रदेशको आठाैं अधिवेशन आजबाट प्रारम्भ भएको छ।अधिवेशनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका प्रदेश साँसद तारा जिसीले नेका सहितको हाम्रो गठबन्धनलाई अवसरवादी,अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टी गर्नेहरूलाई “तिलकाे पहाड”बनाएको कटाक्ष गर्नुभयो ।

गठबन्धन दलका आ-आफ्नै सिद्धान्त,राजनीति मुल्य र मान्यताछन्, मतभेद छन्,असहमति छन् र पछि पनि रहिरहन्छन् जुन स्वभाविक हाे। तर पनि तात्कालिक मुद्दामा एकजुट भएर संघर्ष गरेका दर्जनौं उदारण पनि छन्। त्यसकारण गठबन्धन बारे “तिलकाे पहाड”बनाउनु आवश्यक नभएको भन्नुभयाे। गणतन्त्र,संविधान,राष्ट्रियता,धर्म निरपेक्षता लगायत संघर्ष का उपलब्धिहरू वली सरकार र त्यसका मतीयार प्रदेश सरकार समेत बाट धरापमा परेका र देशमा प्रतिगामी तथा विदेशी शक्ति सल्वलाई रहेको अवस्थामा देशकाे अस्तित्वकाे रक्षा गर्न र विधिकाे शाशन कायम राख्न यस्तो प्रवृत्ति हटाउन हामी सबैको कर्तव्य र जिम्मेवारी हाे, गठबन्धन त्यसैकाे प्रयास हाे भनी बुझ्न जरूरी छ।
प्रारम्भ मा अधिवेशन आव्हानकाे लागि सरकारलाई धन्यवाद दिदै सांसद जिसीले याे अधिवेशन सफल हुन्छ कि हुदैन?किटानकाे साथ कसैले भन्न नसक्ने अवस्था रहेकाे भन्दै कुनै पनि वेला याे सँसदकाे घाँटी निमाेठिन सक्ने सदनमा आशंका व्यक्त गर्नुभयो।

नागरिकता विधेयकमा चर्चा गर्दै प्रदेश साँसद जिसीले लामाे समयदेखि प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको चर्चा गर्दै जननिर्वाचित संस्थालाई असंवैधानिक प्रकारले विघटन गरेर अध्यादेश बाट आफ्नाे सत्ता टिकाउन गैर-नेपालीहरूलाई नागरिकता बाँडेर देशलाई फिजी र सिक्किमीकरणकाे दिशामा लान थालेको प्रति असंताेष प्रकट गर्दै बिदेशीलाई खुसी पारी सत्ता लम्बाउने काम चलाउ सरकारकाे कु-प्रयासकाे तत्काल फिर्ता गर्न समेत माग गर्नुभयो। वास्तविक नेपालीहरू नागरिकता बाट वंचित हुनु हुदैन तर याे सरकारकाे नियत नै ठीक नभएको भन्दै विचाराधीन विषय र दिर्घकालिन महत्त्वका विषयमा निर्णय गर्ने अधिकार याे सरकारलाई कस्ले दियाे?भनी प्रश्न उठाउनुभयाे ।

चुनावी नशामा मदहाेस भएका सत्ताधारीलाई कटाक्ष गर्दै सांसद जिसीले”माछाे माछाे भन्दाभन्दै भ्यागुतो” हात लाग्ला भन्दै चेताउनुभयाे।
अधिवेशनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले पनि आ-आफ्नाे पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियाे।चर्का चर्की माहाेलकाे विच भाेली सरकारकाे विनियोजन विधेयक,२०७८ का सिद्धान्त र प्राथमिकता मा छलफल केन्द्रीत हुनेछ ।
धन्यवाद ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार