
सुर्य भुसाल, सुपादेउराली अनलाइन अर्घाखाँची ।
ग्लोवल आई.एम.ई. बैक मुसिकोट वामी शाखाले सामाजिक उत्तर दायित्व अभियान अन्तर्गत मुसिकोट नगरपालिका गुल्मीलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।कोरोना भाइरसले विश्वलाइ नै आक्रान्त पारि रहेको समयमा मुसिकोटमा समेत कोरोना संक्रमणको दर तिव्र रूपमा वढी रहेको अवस्थामा महामारी नियन्त्रणका लागि सहयोग होस भन्ने उद्येश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको ग्लोवल आई.एम.ई. वैङ्क वामी ले दाबि गरेको छ ।
लायन्स क्लव अफ गुल्मी काठमाण्डॏको समन्वय एवं ग्लोवल आई.एम.ई. वैङ्क वामी शाखाको आर्थिक सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियोे । मुसिकोट नगरपालिका कार्यालयमा एक कार्यक्रमका विच ग्लोवल आई.एम.ई. वैङ्क वामी शाखाका म्यानेजर माधव उपाध्याय र लायन्स क्लव अफ गुल्मी काठमाण्डॏका सिनियर एओ जि युवराज न्यॏपानेले ४ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, ४ थान थर्मल गन मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललाई हस्तान्तरण गरेका थिए । पछिल्लो समय अक्सिजनकै कारण ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि वैङ्कले मुसिकोट नगरपालिका भित्र यस्तो भयावह स्थितिको सामनाका लागि पूर्व तैयारी स्वरुप सहयोग गरेको मा बैक परिवार र सहयोगी हातहरुलाई नगरपालिका को तर्फबाट धन्यवाद दिएको मुसिकोटका प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमानन्द भुसालले बताउनु भयो ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेपछि आफुहरूको समन्वय र ग्लोवल आई.एम.ई. वैङ्कको आर्थिक सहयोगमा यि उपकरण नगरपालिकालाइ हस्तान्तरण गरिएको लायन्स क्लव अफ गुल्मी काठमाण्डॏका सिनियर एओ जि युवराज न्यॏपाने को भनाइ छ । कार्यक्रममा वोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले विपदमा वैङ्क र लायन्स क्लवले नगरपालिकालाइ ठुलो गुन लगाएको र यसले आफुहरू विचको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । हस्तान्तरण कार्यक्रम पछि वोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले लायन्स क्लव अफ गुल्मी काठमाण्डॏ र ग्लोवल आई.एम.ई. वैङ्क विपदका सारथी रहेको भन्दै यस्तो सक्रंमणकालिन स्थितिमा समेत सहयोग हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।