मुसिकोट नगरपालिकामा आज दोस्रो चरणका कोरोना विरूद्धको खोप अभियान सम्पन्न

सुर्य भुसाल
जेठ २५ सुपादेउराली अनलाइन अर्घाखाँची । गुल्मीको मुसिकोट नगरपालिकामा मङगलबार कोरोना विरूद्भको खोपको दोस्रो चरण अन्तर्गत पहिलो डोज खोप लगाउने कार्यक्रम सम्पन्न भएको नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत उपसचिव खिमानन्द भुसाले जानकारी दिनु भयो । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि जोखिममा रहेका नागरिकलाइ प्राथमितामा राखी खोप लगाउने नेपार सरकारको अभियान अन्तर्गत मुसिकोट नगरपालिका भित्र खोप कार्यक्रम सञ्चालन गरिएको भुसालले बताउनु भयो मङगलबार नगरपालिका भित्रका ६२ देखी ६४ वर्ष उमेर समुहका नागरिक र पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्य कर्मीहरूलाइ चिन सरकारको अनुदानमा प्राप्त भेरो सेल खोपको पहिलो डोज ५४९ जनाले कोभिड विरूद्धको पहिलो डोज लगाएका हुन मुसिकोट नगपालिकाका ९ वटा वडामा रहेका स्वास्थ्यचॏकीमा नगरपालिकाले खोप लगाउने व्यवस्था गरेको प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार