कोरोनाका कारण भारतमा मृत्यु भएका ढाकावाङ्गका बुद्धिराम भुसालका परिवारलाई आर्थिक सहयोग

जेठ २७ सुपादेउराली अनलाइन अर्घाखाँची । काेराेना भाइरसका कारण भारतमा मृत्यु भएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ लामिडाडा निवासी बुद्धिराम भुसालको परिवारलाई ढाकावाङ्ग समाज काेरियाले आर्थिक सहयोग गरेकाे छ।

जेठ २७ गते स्वर्गीय भुसालको घरमै गएर ढाकावाङ्ग समाज काेरियाका प्रतिनिधिहरु राजेन्द्र बेल्वासे, विशाल बेल्वासे, प्रकाश खनाल र राजु बन्जाडेले स्वर्गीय भुसालकि श्रीमती र छाेरीलाई नगद रु एक लाख छत्तीस हजार पाँच सय (१३६५००) सहयाेग गरेका हुन्।

काेरियामा रहेका किरण बन्जाडे, याेगेस भुसाल, सनु भुसाल र सुशील भुसाल लगायतका २७ जना युवाहरूको  बिशेष पहलमा सहयोग रकम संकलन भएको ढाकावाङ्ग समाज काेरियाका प्रतिनिधि राजेन्द्र बेल्वासेले बताए ।

रोजगारीको सिलसिलामा भारतमा मजदुरी गर्ने गएका भुसालको ४९ वर्षको उमेर जेठ ७ गते उपचारको क्रममा निधन भएको थियाे।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार