ढाकावाङ्गका ४ जना शारीरिक अपाङ्गता भएका बालबालिकालाई राहत सामाग्री वितरण

टेकराज भुसाल
असार ०७ सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा रहेका ४ जना शारीरिक अपाङ्गता भएका बालबालिकाका परिवारलाई राहत सामाग्री वितरण गरिएको छ।

अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र HRDC द्वारा सञ्चालित सक्षम परियोजना अर्घाखाँचीकाे आयोजना तथा CBM काे आर्थिक सहयोगमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुकाे माध्यमबाट विपन्न र दलितबाट छनाेट गरि चामल, खाने तेल, दाल, चिनी , आयोडिन नुन, सावुन र सैनिटाइजर वितरण गरिएको हो।

भुमिकास्थान नगरपालिका वार्ड नम्वर १ का वडाध्यक्ष भाेजराज खनाल, २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, सक्षम परियोजनाका पुर्नस्थापक नारायण खनालकाे उपस्थितिमा राहत सामाग्री वितरण गरिएको हाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार