मुसिकोट नगरपालिकामा ७८/७९ को वार्षिक नीति तथा कार्यक्रम पारित

सुर्य भुसाल
जेठ ७ सुपादेउराली अनलाइन अर्घाखाँची ।
गुल्मीको मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक नीति तथा कार्यक्रम नवौँ नगरसभाले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो । मुसिकोटका नगरप्रमुख सोमनाथ सापकोटाले प्रस्तुत गरेको सो निति तथा नगरसभा बाट सर्वसहमत पारित भएको हो ।निति तथा कार्यक्रमले कृषि क्षेत्रको विकास तथा रोजगारीलाई पहिलो प्राथमिकता मा राखेको छ ।

कृषि तथा स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रीकरण गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै स्वरोजगारीका अवसर श्रृजना गर्ने सुलभ कर्जा उपलब्ध गराउने र स्वरोजगारको लागि जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम सञ्चालन गर्ने, उद्यमीका लागि धितो सहित २० लाख सम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्नेलगाएयतका निति अबलम्बन गरिने भएको छ ।अघिल्ला वर्षहरुबाट चलिरहेको ‘कफि लगाऔं, आम्दानी बढाऔं’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । भौतिक पूर्वाधार तर्फ सवै वडामा बाह्रै महिना चल्ने गरी सडक स्तरउन्नती गरिने, यात्रुवाहक सवारी नियमित गर्दै भाडादर नियमन गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम नियमित सञ्चालन गरिने, फोहोरको राम्रो व्यवस्थापन गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने, नगरपालिका भित्र २ वटा चत्रपथ, मुसिकोट दरबार, मालिका, शालिमे दह, ढोडेनी सहिदपार्क, ग्वादीका चौर खेल मैदान, स्मालिथान पार्क, थुम पिकनिक स्थल, भुकुवा चौरको प्राविधिक शिक्षालय, स्वाँरा होमस्टे, आँपचौर नमुना वस्तीलाई मुसिकोट गौरवका योजनाका रुपमा अगाडि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार