‘कथित सामाजिक अभियान्ताले प्युठानको झिमरुक गाउँपालिकाविरुद्ध भ्रम छरे’

असार ०८ प्युठान । झिमरुक गाउँपालिका प्युठानले आफूलाई सामाजिक अभियान्ता बताउने प्रमोद पोखरेलले गाउँपालिकाविरुद्ध भ्रम छरेको आरोप लगाएको छ ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले कथित अभियान्ता पोखरेलको फेसबुक पेजमा ‘गाउँपालिकाले सिफारिस रोक्यो’ भन्ने समाचार प्रकाशित गरी भ्रम छरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाले बस सेवाका लागि सवारी पास उपलब्ध गराउन स्थानीय प्रशासनले नै सिफारिस दिन रोकेको स्पष्ट पार्दै सवारी पास नपाएकोमा गाउँपालिकाविरुद्ध भ्रम छरिएको बताएको छ । पोखरेलले गरेको टेलिफोन सम्पर्कका क्रममा गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बस सेवाका लागि सिफारिस गर्न प्रशासनले नै रोक लगाएको बरु अन्य कुनै निजी सवारी साधन भए सिफारिस गर्न सकिने बताएको पनि गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

‘सो विषयलाई बंग्याइ गाउँपालिका अध्यक्षले पासको सिफारिस नगरेको भन्ने भ्रामक समाचार प्रचार प्रसार गरी आम जनतालाई भ्रमको सिर्जना गरेको र रोगको सहारा लिएर राजनीति गर्न सार्थ कथित सामाजिक अभियान्ताको नामबाट आफू चर्चामा आउन खोजेको हामीले महसुस गरेका छौं’ गाउँपालिकाका प्रवक्ता टिकाबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार