नेपाल लाइभस्टक सेक्टर इनोभेशनद्वारा ढाकावाङ्गका कृषकलाई औषधी तथा घासका बीउ हस्तान्तरण

टेकराज भुसाल
असार १० सुपादेउराली अनलाइन अर्घाखाँची ।    नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गकाे प्रगति कृषक सहकारीलाई औषधी तथा घासका बीउ हस्तान्तरण गरेको छ।

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजनाका अनुगमन मुल्याङ्कन अधिकृत लोकराज भुसालले प्रगति कृषक सहकारी संस्था लिमिटेड भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल मार्फत सामुदायिक बोयर ब्रिडर कार्यक्रममा संलग्न करिब दुई सय जना कृषकहरुलाइ सुपर नेपियर को बिरुवा, करिब एक हजार बाख्रालाइ पुग्नेगरि ,आन्तरिक तथा बाह्य परजिबि नियन्त्रणका लागि औषधि र बाख्राको तौल ब्यबस्थापनको लागि एउटा अटोमेटिक तौलने मेसिन हस्तान्तरण गर्नुभएको हाे।

साथै साेहि अवसरमा प्रगति कृषक सहकारी संस्था लिमिटेड  ढाकवाङ्गका पदाधिकारी र प्रगति  सामुदायिक बाेयर ब्रिडर हर्डका पदाधिकारीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ।

अन्तरक्रियामा बाेल्दै आयोजनाका अनुगमन मुल्याङ्कन अधिकृत लोकराज भुसाल र प्राबिधिक सुन्दरलाल बि.क ले भुमिकास्थान नगरपालिका २ नम्बर वडामा बाख्राको जातिय तथा बंशसुधारको माध्यमबाट मासु उत्पादन र उत्पादकत्व वृद्धि गराउने उदेश्यका साथ सामुदायिक बोयर ब्रिडर हर्ड (नश्ल सुधार श्रोतकेन्द्र) स्थापना गर्ने बारे जानकारी दिनुभएको छ।

सहकारीको ब्यबस्थापन र आयोजनाको सहकार्यमा सामुदायिक बोयर ब्रिडर हर्डमा बिउको लागि शुद्ध नश्लको बोका तथा माउबाख्रा राख्नको लागि सुधारियको बाख्राको खोर निर्माणको लागि आयोजनाबाट शहकारिको ब्रिडरहर्ड मुल समिति बिभागबाट सिफारिस गरिए बमोजिम ३० जना बाख्रापालक कृषकहरुको खोर सुधारको लागि सम्झौता गरि निर्माण कार्य भैरहेकोले समयमै कार्यसम्पन्न गर्नेगरि मुल समितिले विशेष जिम्मेवारी लिनुपर्ने कुरामा जोड दिनुभएकाे छ।

प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम)ले आफुहरु यसप्रकारको कार्यक्रमबाट निकै उत्साहित भएको र किसानहरुको जीबिको पार्जनका लागि आयआर्जन मा यसबाट निकैसहयोग पुगी यस क्षेत्रका बाख्राहरुको जातिय बंशसुधारमा निकै परिबर्तन गराइ उत्पादन बढाउन सकिने भएकोले सहकारीले सबैसंग सहकार्य गरि आयोजनाको उदेश्य अनुसार कार्य गर्ने प्रतिबद्धता सहित आयोजनाप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।

याे पनि पढ्नुहाेस्:   भुमिकास्थानको ढाकावाङ्गमा बाख्राको नश्ल सुधार श्रोत केन्द्रको स्थापना https://supadeuralionline.com/archives/2567

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार