गुल्मी दरबार गाउपालिका वडा नं १ र रेसुङ्गा नगरसँग जोडियको समुदाय लाई आवद्ध गरि बोयर बाख्राको नश्लसुधार श्रोतकेन्द्रको स्थापना

गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालिका वडा नं १ तथा  रेसुङ्गा नगरसँग जोडियको समुदाय लाई आवद्ध गरि बिगतमा स्थापना भएको रेसुङ्गा पन्चासे बोयर मल्टिपलायर हर्डको स्तरउन्नति गरि  रेसुङ्गा पन्चासे सामुदायिक बोयर ब्रिडर हर्ड(बोयर बाख्राको  नश्लसुधार श्रोतकेन्द्र) काे  स्थापना गरि सञ्चालन गर्ने उद्धेश्यका साथ २०७८-०३-०१ गतेका दिन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत लोकराज भुसालले उक्त सामुदायिक मल्टिपलायर हर्डका  मुल समितिका पदाधिकारीहरु ,समुहका सदस्यहरु ,स्थानिय शहकारिका अध्यक्ष छबिलाल सर्तुङ्गि  ,गुल्मि दरबार पशुसेवा शाखाका प्रमुख उजेलि थापा,आयोजनाकि पशुसेवा सामुदायिक सहजकर्ता नर्मला खनाल  र स्थानिय अगुवा कृषकहरुको उपस्थितामा जुम प्रबिधिबाट कार्यक्रमको लक्ष्य, उदेश्य र  बोयर बृडरहर्डको महत्व तथा कार्यक्रम संचालन  ब्यबस्थापन प्रकृयाबारे  अभीमुखिकरण तथा  छलफल र बैठक  सम्पन्न भएको  छ। 

उक्त समुदायमा करिब २००  बाख्रापालक कृषक परिबार लाई संगठित गरि १०००माउ बाख्रामा  प्रजनन नश्ल सुधार गराइ बाखाको जातिय तथा बंश सुधार गर्ने लक्ष रहेकोले सोही अनुसार  समुहलाइ परिचालन गरि शुद्ध नश्वकाे बोयर बोकाबाट प्राकृतिक प्रजनन वा शद्ध बोयरको सिमेनबाट कत्रिम गर्भधारण गराइ  प्रजनन सुधार गराउने कार्यक्रम सञ्चालन गरिने  बताइएको  छ।

उक्त  सामुदायिक बोयर ब्रिडर हर्डमा आबद्ध तथा मुल समितिको मात्हतमा ३०जना कृषकहरुको बाख्राको खोरहरु सुधार गर्ने कार्यक्रम पनि आयोजनाबाट सम्झौता गरि निर्माण कार्य संचालनमा ल्याइयको कुरा अनुगमन अधिकृत लोकराज भुसालले बताउनु भएको छ।

उक्त ब्रिडरहर्डमा  पोषिलो हरियो भुइ तथा डाले घांसका बिरुवाहरु ,  आन्तरिक तथा बाह्य परजिबि बिरुद्धका अौषधिहरु  र   बाख्राकाे तौल गर्ने मेसिन ,  दाना तथा घासको डालाहरु पिस्ने अटोमेटिक मेसिन उपकरणहरु उपलब्ध गराइ  समुदायलाइ प्रबर्धन गर्ने गरि सामुदायिक क्षमता बिकास गरिने  गरि कार्यक्रम संचालन गरिने जानकारि गराइयकोले सामुदायिक बृडरहर्डका सबै सदस्यहरुमा नया उत्साह जांगर र उत्परेणा श्रृजना भयको बताइएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार