ढाकावाङ्ग १५८ जना सुनौलो १००० दिनका आमालाई पौष्टिक आहार वितरण

टेकराज भुसाल
असार ११ सुपादेउराली अनलाइन अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका १५८ जना सुनाैलाे १००० दिनका आमाहरुलाई अण्डा, चना, आयोडिन युक्त नुन र सर्वाेत्तम पिठो बितरण गरिएको छ ।

ढाकावाङ्ग स्वास्थ्य चाैकिकाे आयोजना र भूमिकास्थान नगरपालिकाकाे आ.ब. २०७७/७८ काे बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तरगत १००० दिनका १५८ जना आमाहरुलाई बितरण गरिएको हो ।

महिलाहरुबाट जन्मने बच्चाको शारिरीक, मानसिक र बौद्धिक बिकास र जन्मने बच्चाको जिवन सुरक्षित होस भन्ने उदेश्यले अण्डा तथा अन्य पाैष्टिक आहारहरु बितरण गरिएको हो ।
कार्यक्रममा सहभागि आमाहरुले पाैष्टिक आहार पाए पछि खुसी भएका थिए । बिहीबार र शुक्रबार गरि २ दिन वितरण गरिएको ढाकावाङ्ग स्वास्थ्य चाैकिका इन्चार्ज मञ्जु खनालले जानकारी दिनुभएको छ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार