माओवादी केन्द्रका ज्येष्ठ सदस्य खनालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान

टेकराज भुसाल
असार १३ सुपादेउराली अनलाइन अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ठुलाखाेला निवासी माओवादी केन्द्रका ज्येष्ठ सदस्य तथा माओवादी केन्द्र भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष बावुराम खनाल, सक्रिय सदस्य माधव खनालका बुवा तथा सक्रिय सदस्य तुल्सा खनालका श्रीमान् णङ्ग प्रसाद खनालको निधन भएको छ । ८० वर्षीय खनालको शनिबार साँझ निधन भएको हो ।

खनालको आइतबार बिहान सम्मानका साथ अन्त्येष्टि गरिएको छ । खनालको पार्थिव शरीरमा माओवादि केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य छम कुमारी खनाल (चिनारी) ले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सो क्रममा चिनारीले खनालको निधन प्रति गहिरो दुुःख व्यक्त गर्दै आफूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाएको र नेपालको कम्युनिष्ट आन्दोलनले एक अनुभवी सदस्य गुमाएको बताउनुभयो ।

चिसारा आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न माओवादि केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार काशिराम गमाल, माओवादि केन्द्रका नेता ठाकुर साैराग, दुर्गा बहादुर कुवर, जगत खनाल, श्याम चुदाली, राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका २ वडाका अध्यक्ष बाबुराम खनाल, नेकपा (एमाले) का बिष्णु प्रसाद खनाल र नेपाली काङ्ग्रेसका धनिश्वर खनाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार