
जुमानसिंह केसी
आसार १५, सुपादेउराली अनलाइन प्युठान ।
नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका प्युठानले चौथो चरणको आन्दोलन सुरु गरेको छ।
नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्णय अनुसार देशभरी आन्दोलन थालेको हो। शिक्षकहरु कोभिडको कारणले ज्यान गुमाएको भन्दै सबै स्थानीय तहकाे ज्यान गुमाएका शिक्षकहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य चक्रपाणी पौडेलले मल्लरानी गाउँपालिका कार्यालय अगाडि मैन बत्ति बालेर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो। साथै उहाले शिक्षकहरु खोप नपाएर अकालमा ज्यान गुमाउनु परेको भन्दै शिक्षक प्रती सरकार गम्भीर नभएको आरोप लागाउदै ३४ बुदे मागपत्र सरकारलाई दिएको भए पनि मागहरु प्रती गैर जिम्मेवार भएको भन्दै तुरुन्त जाहेज मागहरु कार्यनयन गर्न आग्रह गर्नुभएको थियो ।
शिक्षक महासंघ मल्लरानी गाउँपालिका अध्यक्ष नुमराज पौडेलले बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारी लगायतको सेवा सुबिधा वृद्धि गर्न सरकार समक्ष माग गर्नु भयो। शिक्षकहरु बिद्यार्थी र बिधालय प्रती गम्भीर रहेको भन्दै शिक्षकलाई पनि दोस्रो दर्जाको व्यबहार नगर्न आग्रह गर्नु भएको हो। शिक्षकहरुलाई कोभिड खोप उपलब्ध गराउन स्थानीयतहले पनि ध्यान दिन आग्रह गर्नु भएको थियो।
सोही बिरोध कार्यक्रमको अवसरमा शिक्षक महासंघ अध्यक्ष नुमराज पौडेलले गाउँपालिका उपाध्यक्षलाई ज्ञनपनपत्र पेश गर्नु भएको थियोे। आज देशका केन्द्रमा, सात वटै प्रदेश र ७५३ वटा स्थानीय तहमा एकैपटक कार्यक्रम भएको महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलले जानकारी दिनु भयो।कार्यक्रमको सञ्चालन शिक्षक महासंघका धुर्व गिरिले गर्नु भएको थियो।