
सुर्यप्रसाद भुसाल
असार १६ सुपादेउराली अनलाइन अर्घाखाँची ।
गुल्मीको मुसीकोट नगरपालिका र रुकुम पश्चिमको मुसीकोट नगरपालिका बिच मितेरी सम्बन्ध गासिने भएको छ।
मङगलबार मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा प्रमुख प्रशासकीय अधिकृत , उपसचिव खिमानन्द भुसाल मुसिकोट नगरपालिका गुल्मीका वडा अध्यक्ष लगायतको टिम रुकुम मुसीकोटको अध्ययन भ्रमणमा पुगेर त्याहाको अबलोकन भेटघाट गरि फर्किएको छ ।
रूकुम मुसीकोटका का प्रमुख देबिलाल गौतम सहितका जनप्रतिनिधि हरुले गुल्मीको टोलिलाई भब्य स्वागत गर्दै दुई नगरपालिका बिच मितेरी सम्बन्ध कायम गर्ने बिषयमा छलफल भएको थियोे । गुल्मीको उक्त टोलीलाई रुकुम पुर्ब भुमे गाउँपालिकाका प्रमुख रामसुर बुढा र सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल ( गुल्मीकी चेली ले ) गाउपालिकामा स्वागत गर्नु भएको थियो । गुल्मीको टोली मध्यपहाडि राजमार्ग हुदै गुल्मी आएको छ रुकुम र गुल्मी मुसीकोट राज्यको दरबार क्षेत्रको अवलोकन तथा अनुगमन भ्रमणमा जाँदा दुबै जिल्लाका एउटै नामाकरण भएका मुसीकोट नगरपालिकाहरुका बिचमा मितेरी सम्बन्ध कायम राख्दा दुबै पालिका बिच सहयोग र सम्बन्ध बढने भन्दै मितेरी साईनो काय गर्ने तैयारी छ ।