बिकासका काममा सबैले सहयोग गर्न सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे आग्रह

सुर्य भुसाल
असार १७ सुपादेउराली अनलाइन अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको बिकासका सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।सुर्खेतको पन्चपुरि नगरपालिका बाट भर्खर मात्रै सरुवा भई सन्धिखर्क नगरपालिका अाउनु भएका प्रमुख प्रसाशकिय अधिकृत अर्यालले जनप्रतिनिधि हरुले बनाएको नीति नियमलाई कार्यनयन गर्दै नगरपालिका लाई नमुना सुन्दर नगरपालिका बनाउनका लागि नगरबासिहरु को सहयोग अपरिहार्य रहेको बताउनु भयो सन्धिखर्क नगरपालिका मा अायोजित कार्यक्रममा बोल्दै अर्यालले छिटोछरितो सेवा सुशासन पारदर्शिता लाई पहिलो प्राथमिकतामा राखि सेवालाई तुरुस्त दुरुस्त बनाउन र कसैको दवाव रबाफ र प्रभाबमा नपरि काम गर्न कर्मचारी हरुलाई अाग्रह गर्नु भयो अर्यालले सन्धिखर्क नगरपालिका भित्र हुने बिकास निर्माणका कामहरु लाई गुणस्तरीय बनाउन अनुगमनलाई तिब्रता दिने बताउदै स्थानिय वार्ड हरुमा नगरपालिका ले गरिरहेका कामहरुको अनुगमन स्थानिय जन्ताले पनि गर्नुपर्ने र सबै मिलेर नगरपालिका को बिकासमा हातेमालो गर्नु पर्ने बताउनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार